शिबसताक्षी ।

शिबसताक्षीका अग्रज पत्रकार छबीलाल दवाडीले सताक्षी प्रेस क्लबलाई ५० हजार आर्थिक सहयोग गरेका छन् ।
सताक्षी प्रेस क्लबका संस्थापक अध्यक्ष तथा सतासी साप्ताहीक खबर पत्रिकाका सह सम्पादक समेत रहेका दवाडीले आफ्नो दिवंगत श्रीमतिको स्मृतिमा अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग गरेका हुन ।
उनले दिवंगत श्रीमती युुन्तिदेबीको बार्षिकीको अवसर पारेर आइतबार सताक्षी प्रेस क्लबका अध्यक्ष सेलिङ केसी ,सहसचिब गोबिन ल्वागुन तथा सदस्य सोनिका राईलाई संयुक्त रुपमा उक्त चेक हस्तान्तरण गरेका हुन ।
उनको श्रीमतिको गत बर्ष फागुन ४ गते सरस्वती पुूजाको दिन ५९ बर्षको उमेरमा ह्रिदयघातको कारण निधन भएको थियो । दवाडीले आफुु लामो समयदेखि पत्रकारीता गर्दे आएको र पत्रकार तथा साहित्यकारहरु प्रति सधै माया र साथ सहयोग गर्ने श्रीमतीको भावना रहेकोले उनको इच्छा अनुसार पत्रकारिता तथा साहित्य क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकार र साहित्यका लाई पुरस्कृत गर्नकालागी अक्षयकोष स्थापना गरेको दवाडीले बताए ।
दवाडीका एक ९५ वर्षीय पिता ,छोरा बुहारी र २ नाती रहेका छन । हाल सताक्षी प्रेस क्लबमा मनाहाङ सेलिङ स्मृति अक्षयकोष रहेको छ ।































