ताप्लेजुङ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–५ मा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ का ४८ बर्षिय सुर्यप्रकाश लिम्बूको मृत्यु भएको छ ।
आज बिहान उक्त स्थानमा रहेको बिद्युतको पोलमा चढेर तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका लिम्बूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली पुगेर थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































