पथरीशनिश्चरे ।

मोरङको उर्लाबारी नगरपालिका ४ र ८ नम्बर वडामा सञ्चालित तोरी पकेट कार्यक्रमको अनुगमन गरिएको छ ।
नगरस्तरीय कृषि कार्यक्रमअन्तर्गत वडा नम्बर ४ र ८ मा हाल सञ्चालन भइरहेको तोरी पकेट कार्यक्रमको सोमबार अनुगमन गरिएको हो ।
उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले कृषि शाखाका प्राविधिक सहितले अनुगमन गर्नुभएको थियो । सिसौली, भानु मार्ग, शान्ति टोल लगायतका विभिन्न १२ वटा कृषक समूहलाई तोरीको बिउ, सल्फर, बिषादी, त्रिपाल, डिजिटल काटा, मिनी टिलर,स्प्रेयर न्यापस्या ५० प्रतिशत अनुदानमा उपलब्ध गराईएको थियो।
साथै , सिञ्चाइको लागि २ एच पीको मोटर र पाइप पनि ८५ प्रतिशत अनुदानमा वितरण गरिएको हो ।































