पथरीशनिश्चरे । 
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ पथरीशनिश्चरे –३ को वडा कमिटी गठन भएको छ ।
ज्ञानु पोख्रेलको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन भएको हो ।
एमाले मोरङ कमिटी सदस्य तथा पथरीशनिश्चरे नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाको प्रमुख आथित्यमा भएको गठन कार्यक्रममा अन्य पार्टी परित्याग गरी १० भन्दा बढी महिलाले नेकपा एमाले प्रवेश गरेका छन् ।
नेकपा माओबादी केन्द्रमा लामो समय कार्यरत शर्मिला राई, बिष्णुमाया रिमाल लगायतलाई उपमेयर बिष्टले पार्टी प्रवेश गराउनु भएको थियो ।
प्रमुख अतिथि समेत रहनुभएकी उपप्रमुख बिष्ट, अनेमसंघ नगर इन्चार्ज निर्मला राई , एमाले वडा कमिटी सचिव अर्जुन काफ्लेले शुभकामना ब्यक्त गर्नु भएको उक्त कार्यक्रमको सभापतित्व माया गुरुङले गर्नुभएको थियो ।































