अढाइ बर्ष अघि वीरता जेसीजको अध्यक्ष हुादा नै उनले आफ्नो लक्ष्य सार्वजनिक गरेका थिए –‘समाजसेवामा क्रियाशील रहादै सफल व्यवसायी बन्ने ।’ लक्ष्यलाई निरन्तर पछ्याएका उनले जेसीज छोडेर व्यवसायी बने ।
उनी अर्थात् भेषराज (प्रशान्त) भण्डारी । बिर्तामोडका लागि सामसुङका इलेक्ट्रिक सामानको आधिकारिक विक्रेता । त्यससागै उनी हिमस्टार र बजाजको इलेक्ट्रिक उत्पादन पनि बेच्दैछन् । आफ्नै माता–पिताको नामबाट महेन्द्र–रत्न स्टोर्समार्फत उनी यो व्यवसायमा जम्दैछ् ।
उनलाई व्यवसायमा समयले साथ दिएको बताउाछन् प्रशान्त । ‘दशैं अघि शुरु गरें, लगत्तै तिहार आयो, त्यसपछि विहेको सिजन अनि तुरुन्तै बल्र्डकप अफर’– प्रशान्त व्यवसाय राम्रो भएकोमा दंग पर्दै भन्छन्– ‘शुरु गरेको ११ महिना भयो, पछि फर्केर हेर्नु परेको छैन ।’ त्यसैपनि विश्वप्रसिद्ध ब्राण्ड सामसुङ । जसले सामसुङका सामान चलाएको छ उसले चिनेको छ, केही भन्नै पर्दैन भन्छन् उनी । उनको स्टोर्समा उपलब्ध छ– फ्रिज, एलइडी टीभी, बासिङ मेसिन, माइक्रोओभन, डी फ्रिज, म्याकुमक्लिनर, साउण्ड सिस्टम, क्यामेरा, मिक्चर, जुसर, एसी, कुलर, आइरन तथा अन्य विद्युतीय उपकरण ।
केही गर्नुपर्छ भन्ने सोच पहिलेदेखि राखेका प्रशान्त यसअघि फोटोग्राफी र त्यससाग सम्बन्धित सामग्रीको थोक तथा खुद्रा विक्रेता थिए । त्यो चलेन । विकल्प खोज्दै थिए । त्यसैबेला सामसुङले बिर्तामोडका लागि छुट्टै डिलर खोज्दैछ भन्ने सुइको पाए । त्यहाासम्म पुर्याउने माध्यम उनलाई जेसीज नै हो । ‘जेसीजकै चिनजान र विश्वासले मलाई सामसुङले डिलर दियो, राम्रो गर्छु भन्ने अठोट थियो, गरिरहेको छु’– प्रशान्त भन्छन् ।
जेसीजको यात्रा टुङ्ग्याएर उनी व्यवसायमा जमेका । ‘किन छोडेको त जेसीज ?’– साधारण सदस्यबाट शाखा अध्यक्ष हुादै राष्ट्रिय उपाध्यक्ष पनि भइयो । राष्ट्रिय अध्यक्ष हुन धेरै खर्च गर्नुपर्ने । फेरि स्वस्थ प्रतिस्पर्धाको साटो लवी र गुटबन्धीले निराश बनायने । समय बढी दिनुपर्ने । शाखामा हुादा जति काम गर्न सकिन्थ्यो माथि गएपछि सकिदोपनि रहेनछ । स्थानीय ठाउा र आफ्नै समाजमा रहेर केही गर्न जेसीज यात्रा टुङ्ग्याएर फर्केको हूा– प्रशान्तको जवाफ छ । जेसीजआईको सिनेटर सीप समेत लिइसकेका छन् उनले ।
अहिले उनी झापा उद्योग बाणिज्य संघ शाखा बिर्तामोडको बाणिज्य उपसचिव छन् । व्यवसायसागै व्यवसायीको हितमा त्याग्न बाणिज्य संघको यात्रामा अघि बढेको बताउाछन् उनी । व्यवसायमा श्रीमती सम्झना खड्काले साथ दिएकी छिन् । व्यवसायबाट समय निकालेर प्रशान्त सामाजिक काममा पनि क्रियाशील हुन्छन् । उनी रोटरी क्लब अफ बिर्तामोड मिड टाउनको मेम्बर डेभलपमेन्ट चेयरमेन, नेपाल–भारत मैत्री संघ, रेडक्रस, कन्काई आर्यघाट निर्माण संस्थाको आजीवन सदस्य छन् ।
उमेरले ४० टेकेका उनी तत्कालीन अर्जुनधारा–६ हाल शनि–अर्जुन नगरपालिका–७का स्थानीय बासिन्दा हुन् । प्रशान्त आमा रत्नकुमारी र बुबा महेन्द्रबहादुर (हाल स्वर्गीय)का कान्छा छोराका रुपमा जन्मिएका हुन् । एक दाजु, चार दिदी र दुई बहिनी छन् उनका । भानु निमावि फूलवारी, शनिश्चरे मावि हुादै मेची बहुमुखी क्याम्पसबाट बीएसम्मको अध्ययन गरेका भण्डारी धाइजन निवासी सम्झना खड्कासाग विवाह बन्धनमा बााधिएका छन् । उनका दुई छोरा सुभाशीष र सुबिज्ञ पनि छने । जो क्रमश: कक्षा ३ र यूकेजीमा पढ्दैछन् ।
आठ कक्षा पढ्दापढ्दै खेलकुद क्षेत्रमा लागेका प्रशान्तका गुरु कालु मेचे हुन् । अहिले प्रशात कराातेको ब्लाक बेल्ट फोरडान हुन् । उनका चेलाले साफ गेमसम्मका सहभागिता जनाएका छन् । एउटा उदाहरण हो– विक्रम मेचे । ६ वटासम्म आमन्त्रित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर गोल्ड मेडल जितिसकेका प्रशान्तले राष्ट्रिय प्रतियोगितामा कैयौं पटक जीत हासिल गरेको उनको सुखद् अनुभव छ ।
प्रशान्त हाल नेपाल करााते महासंघको राष्ट्रिय रेफ्री हुन् । उनी सितेरियो कराातेको पूर्व राष्ट्रिय खेलाडी, झापा जिल्ला करााते प्रशिक्षक कमिटीको पूर्व अध्यक्ष, क्षितिज युवा परिवार अर्जुनधारा ६ र ७का संस्थापक अध्यक्ष पनि हुन् । सन् १९९८मा टुकेन्द्र अधिकारी अध्यक्ष हुादा संस्थापक गोपालकुमार बस्नेतको प्रेरणाबाट वीरता जेसीजमा प्रवेश छन् भण्डारी ।
खेल क्षेत्रमा लागेर नेपाल, भारत र बंगलादेशिमा भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरिसकेका प्रशान्तले तीसागै भुटान, दुबई, मलेशिया, सिंगापुर, हङकङ, चीन, इटाली, थाइलेण्ड, मकाउ भ्रमण गर्न पनि भ्याएका छन् ।
आफू अहिले जति स्थापित र परिचित भएा त्यो जेसीजकै कारण भन्दै उनी जेसीजप्रति गर्व गर्छन् । जेसीजमा लागेर साथीभाइसागै व्यक्तित्व र नेतृत्व विकास गर्ने अवसर पाएको बताउाछन् उनी । अनि जेसीजमा आफैलाई चिन्ने र अवसर ठम्याउने मौका मिलेको पनि बताउाछन् । समाजसेवा र मानवसेवाको भावना जेसीजबाटै जागृत भएको रे उनमा ।
अत्यन्त अनुशासित र सबैसाग भिजासिलो अनि अगैजलाई आदर गर्ने स्वभाव छ प्रशान्तको । कुनै पनि काम थाती नराख्ने, झट्टै गर्ने अरुलाई पनि त्यस्तै छ दिने । प्रशान्त वक्तृत्वकलामा पनि खारिादै गएका छन् ।
खेल क्षेत्रमा धेरै शिष्य उत्पादन गरिसकेका छन् । अहिले कराातेको सेल्फ प्राक्टिस गरिरहेका प्रशान्तको रुची खेलकुद र समाजसेवा नै हो रे । समाजमा केही गर्नुपर्छ भन्ने भावना व्यक्त गर्ने उनी भावी लक्ष्यबारे भन्छन्– ‘सफल व्यवसायी र उद्योगी हुादै व्यवसायीकै हितमा समर्पित हुन्छु ।’
प्रस्तुति : एकराज गिरी