शिशिरजयको शब्द, संगीतमा ‘तिमी हौ तिमी’ सार्वजनिक ( भिडियो )

३ फाल्गुन २०७८, मंगलवार मा प्रकाशित

काठमाडौँ ।

आर्यन सिग्देल र पूजा शर्मा एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्। अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका शिशिरजय खरेलको ‘तिमी हौ तिमी’मा उनीहरु एकसाथ देखिएका हुन्।

गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको युगल स्वर यस गीतमा सुन्न सकिन्छ। गीतमा शिशिरजय खरेलको शब्द संगीत रहेको छ। विषम आचार्यले गीतलाई संगीत संयोजन रहेका हुन्। म्युजिक भिडियोमा आर्यन सिग्देल र पूजा शर्मा लाई रोमाण्टिक मुडमा देख्न सकिन्छ।

बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। रोजन ढकाल र एस पिपुल एजुकेशन एण्ड भिजा सर्भिसेसको सहकार्य रहेको यस भिडियोलाई ‘जय हो’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here