उदयपुरबाट चार सय किलो गाँजा सहित तीन जना पक्राउ

0
374

उदयपुर ।

उदयपुरको बेलका नगरपालिका–८ सिरुवानीवाट ठूलो परिणामको लागूऔषध गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध गाँजाको ओसार पसार तथा कारोवाट भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चार सय किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बेलका नगरपालिका–८ का २७ बर्षीय गोकुल राई, बेलका नगरपालिका–७ का २९ बर्षीय मनोज राई र बराहक्षेत्र नगरपालिका–१ सुनसरीका २३ बर्षीय मनिष धामी रहेका छन् ।

उनीहरुलाई को १ ज २७६१ नम्बरको पिकअपमा गाँजा ओसार पसार गरिरहेको अवस्थामा पिकअप सहित पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट प्रहरीले नगद ६३ हजार २५ रुपैंयासमेत बरामद गरेको छ । गाँजासहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here