श्री नयाँ श्रीनाथ गण चारआलीका गणपति थापालाई सम्मानसहित बिदाई

0
950

बिर्तामोड । 

झापाका सामाजिक संघ/संस्थाले श्री नयाँ श्रीनाथ गण चारआलीका गणपति प्रमुख सेनानी अमरजंग थापालाई सम्मानसहित बिदाई गरेका छन् ।

विश्वव्यापी महामकारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका समयमा झापामा रहेर नागरिक साँभेदारी गरी निर्वाह गरेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सेनानी थापालाई सम्मान तथा विदाई गरिएको बाणिज्य संघले जनाएको छ ।

थापालाई बिर्तामोड उद्योग बाणिज्य संघको अगुवाईमा शनिवार बिर्तामोडमा सम्मानसहित बिदाई गरिएको हो । सम्मान पत्रमा उनले झापामा रहँदा शान्ति सुरक्षासँगै कोभिड–१९ संक्रमणका समयमा नागरिकको जीवन रक्षाका लागि अग्रमोर्चामा रहेर रचनात्मक कार्य गरेकोले सम्मानसहित विदाई गरिएको उल्लेख गरिएको छ ।

बाािणज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा एकका लागि एक अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्र गिरीको विशिष्ट अतिथ्यमा सम्मान तथा विदाई गरिएको थियो ।

बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने स्वागत गरेको कार्यक्रममा युनिकम नेपालका अध्यक्ष गजेन्द्र पौडेलले सम्मान पत्र बाचन गरेका थिए । कार्यक्रममा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, एकका लागि एक अभियानका संयोजक गिरीलगायतले गणपति थापाले झापामा रहँदा खेलेको भुमिकाका बिषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल दशनामी समाज झापाका अध्यक्ष केदार गिरी, राट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, नेपाल पत्रकार महासंघ महासंघ झापाका अध्यक्ष एकराज गिरी, अर्जुनधारा जलेश्वरधामका अध्यक्ष नविन गट्टानीलगायतको सहभागीता रहेको थियो ।

झापाका १५/१६ सामाजिक संघ/संस्थाले गणपति थापालाई सम्मानसहित विदाई गरेका थिए । कार्यक्रमको सञ्चालन बाणिज्य संघका महासचिव अर्जुन मैनालीले गरेका थिए ।

थापालाई एकका लागि एक अभियान, बिर्तामोड उद्योग वाणिज्य संघ,झापा गोल्डकप,नेपाल रेडक्रस सोसाइटी बिर्तामोड, सहारा नेपाल, संवाद समूह झापा, राष्ट्रिय उपभोक्ता मञ्च झापा, रोटरी क्लव अफ बिर्तामोड, रोटरी क्लव अफ बिर्तामोड मिडटाउन,अर्जुनधारा जलेश्वर धाम, चेम्बर अफ कमर्श झापा, जेसीज पूर्व अध्यक्ष समाज झापा, वीरता जेसीज बिर्तामोड,युनिकम नेपाल,छठ समाज सेवा समिति बिर्तामोड, पूर्वाञ्चल दैनिक बिर्तामोड, नेपाल सुन चादी व्यवसायी संघ झापाले सामुहिक सम्मान प्रदान गरेका हुन्।

कोभिड–१९ को महामारीको समयमा थापा कमाण्डको नेपाली सेनाले झापामा निर्वाह गरेको प्राभवकारी भूमिकाको सबैले प्रशंसा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here