एक्सेल डेभलपमेन्ट वैंकमाा ट्रिपल धमाका योजना

१० फाल्गुन २०७८, मंगलवार मा प्रकाशित

झापा,  एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले नयाँ मुद्दती योजना सार्वजनिक गरेको छ । बैकले एक्सेल सुपर मुद्दती अन्तर्गत ट्रिपल धमाका १ को ५ धमाका मुद्दती खाता सार्वजनिक गरेको हो ।
यस योजना अन्तर्गत ग्राहकले १० वर्षमा अहिले जम्मा गरेको रकमको ३ गुना रकम पाउनेछन् । आजको बचतले भविष्यमा पर्न सक्ने आवश्यकता पूरा गर्न मद्दत गर्न यस योजनाले सहयोग पु¥याउने बैकले विश्वास लिएको छ ।
त्यस्तै १ को ५ धमाका मुद्दती योजना अन्तरगत ग्राहकले १५ वर्षमा अहिले जम्मा गरेको रकमको ५ गुणा रकम पाउनेछन् । विशेष गरी साना बालबालिकाहरुलाई लक्षित गरी ल्याइएको यस योजनाले भविष्यमा शिक्षाको लागि आवश्यक ठूलो रकमको जोहो गर्न मद्दत गर्ने बैकले अपेक्षा लिएको छ ।

दुवै योजनाको लागि न्यूनतम रकम २५ हजार रुपैयाा रहेको छ । बैंकका अन्य बचत तथा मुद्दतीका योजनाहरु जस्तैे एक्सेल मुद्दती खातामा ११.६५%, एक्सेल रेमिट मुद्दती खातामा १२.६५%, वचत खातामा ८.०५% सम्म र रेमिट वचत खातामा ९.०५% वार्षिक व्याजदर प्राप्त हुने खाताहरु समेत संचालनमा रहेको बैकले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here