ट्याक्टरको ठक्करबाट बृद्धको मृत्यु

0
570

सुनसरी ।

सुनसरीको गढी गाउँपालिका–६ मा ट्याक्टरको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढी–६ का ७० बर्षीय हरीलाल मगरदैता रहेका छन्। प्रदेश १–०२–००३ त नम्वरको ट्याक्टर पछाडि सार्ने क्रममा राज जानकी मन्दिर परिषरमा बसीरहेको अवस्थामा ट्याक्टरको डालाले ठक्कर लागि घाईते भएका मगरदैताको उपचारको क्रममा विराटनगरस्थित बिराटनर्सिङ होम अस्पतालमा मृत्यु भएको हो ।

सवारी दुर्घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here