मारवाडी महिला तथा युवती मञ्चद्वारा शैक्षिक सामग्री वितरण

१९ फाल्गुन २०७८, बिहीबार मा प्रकाशित

भद्रपुर।

भद्रपुर मारवाडी महिला तथा युवती मञ्चले नगर क्षेत्रमा सामाजिक गतिविधिलाई तीव्रता दिएको छ ।

सोही अभियान अन्तरगत मारवाडी महिला मञ्चले बुधवार भद्रपुर–६स्थित शारदा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । साथै विद्यार्थीहरूलाई दिवा खाजाको रुपमा खिचडी समेत खुवाएका थिए ।

मारवाडी महिला मञ्चकी अध्यक्ष निकी अग्रवालको नेतृत्वमा गएका पदाधिकारीसहितको टोलीले विद्यालयका २२० बिद्यार्थीलाई कपी, पेन्सिल, इरेजर लगायतका शैक्षिक सामग्री वितरण गरेको हो । महिला तथा युवती मञ्चले अमावस्या (औँशी), पूर्णिमा र मञ्चमा आबद्ध सदस्यहरूको जन्मदिन वा वैवाहिक वर्षगाँठको अवसरमा यस्ता सामाजिक कार्य गर्दै आइरहेको मञ्चकी अध्यक्ष अग्रवालले बताइन् ।

औँशी परेकोले विद्यालयलाई शैक्षिक सामग्री र खिचडी वितरण गरेको अग्रवालले जानकारी दिइन् । गत माघदेखि शुरु गरिएको यस अभियानलाई नगर क्षेत्रभित्र निरन्तरता दिँदै लैजाने उनले बताइन् । उनकै अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कोपिला गौतम, भद्रपुर–६ नम्बर वडा सदस्य प्रकाश शर्मा, भद्रपुर जेसीजका पूर्व अध्यक्ष डिल्ली पोखरेल, पत्रकार पार्थ मण्डल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मञ्चकी सचिव प्रीति मित्तलले गरेकी थिइन् ।

त्यस्तै औँशीकै अवसर पारेर मारवाडी महिला तथा युवती मञ्चले भद्रपुर–९ स्थित ग्यालेक्सी इङ्लिस स्कूलमा सात दिने जीवन विज्ञान नवप्रतिभा ध्यान विधि शुरु गरेको छ । विद्यालयमा अध्ययनरत् विद्यार्थीहरूलाई लक्षित गरी सो ध्यान विधि शुरु गरिएको मञ्चकी सांस्कृतिक सचिव निलम गोयलले जानकारी दिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here