सोलार मिनिग्रेट स्थापना

0
304

जाजरकोट,

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाट क्षमताको सोलार मिनिग्रेट स्थापना गरेको छ ।

चार सय १७ घरधुरीलाई पुग्ने गरी उक्त मिनिग्रेट स्थापना गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । विद्युत्को पहुँच नपुगेको उक्त गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाई बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताउनुभयो । बुधबार सिंहले सो मिनिग्रेटको उद्घाटन गर्दै ठाउँअनुसार यस्ता खालका योजना अगाडि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, “बत्ती बाल्ने मात्र नभई कुटानीपिसानीको कामसमेत यही पावरबाट हुनेछ, तपाइँको दुःख नै हाम्रो दुःख हो, हामी दुःखसुखका साथी पनि भएको भरोसा दिलाउन चाहान्छु ।”

सदरमुकामबाट ७२ किलोमिटर उत्तर पूर्वमा रहेको तोलखाना, नायकबाडा, पाखालगायतका गाउँमा सोलारबाट विद्युतीकरण हुन लागेपछि स्थानीयवासी खुसी भएका खड्कविक्रम शाहीले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै जनतालाई उज्यालो पु¥याउने अर्थका साथ काम गरिरहेको बताउनुभयो । तीन तहकै सरकारसँग सहकार्य गर्दै विकास निर्माणका कामलाई तीव्रता दिइएको उहाँले जानकारी दिनुभयो ।

कर्णालीका १० जिल्लामा विद्युतीकरण र साना लद्युजलविद्युत् आयोजनाको अवस्थाका बारेमा हप्ता दिनभित्र रिर्पोट पेश गर्न निर्देशन दिनुभएका मन्त्री सिंहले कर्णालीमा विद्युत्को समस्या भारी भएको भन्दै समाधानको बाटो खोजिने बताउनुभयो ।

नलगाड जलविद्युत् आयोजना ४१७ मेघावाटको निर्माणका लागि ड्यामस्थल रहेको बारेकोटमा मन्त्री सिंहले तत्काललाई सबैलाई अँध्यारोबाट मुक्त गराउन यो पहल गरिएको बताउनुभयो । कम लगानीमा तत्काल निर्माण गरी प्रतिफल लिन सकिने योजनासमेत निर्माण कार्य थालिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here