सुगम नेम्वाङ (२६) नामझैं सुगम जिल्ला झापाको उत्तरी भेगमा रहेको दुर्गम गाविस खुदुनावारीको एक यस्तो उर्जाशील नव प्रतिभा हुन् जो अभिनय र मोडलिङ कलाको माध्यमबाट आफू र आफ्नो क्षेत्रको पहिचानलाई राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा स्थापित गराउन अहोरात्र संघर्षरत छन् ।
आमा दिलू र बुबा कृष्ण नेम्वाङ लिम्बूको चार छोरा र दुई छोरी गरी जम्मा छ सन्तानमध्येका सााइला सन्तान उनको यस क्षेत्रप्रतिको अभिरुचि बाल्यकालदेखि नै भएपनि अन्तत यसप्रतिको निरन्तर मेहनत र कडा संघर्षका बावजुद विगत केही वर्षदेखि मात्र गति लिन शुरु गरेको सुगम बताउाछन् ।
उनी भन्छन्– मेरो अनुभवमा अभिनय र मोडलिङ क्षेत्रमा प्रवेश गर्नु र यहाा स्थापित हुने कुरा एकदमै चुनौतिपूर्ण कार्य भएको हुादा मैले पनि आफूलाई यस स्थितिमा उभ्याउन कति संघर्ष गर्नुपर्यो यदि त्यसको लेखाजोखा राख्ने हो भने सायद राख्ने स्थानको अभाव होला तर पनि सोही संघर्षले मलाई यसै क्षेत्रमा निरन्तर क्रियाशील हुन भने असिमित उर्जा प्रदान गरेको छ ।
औपचारिक शिक्षा अन्तर्गत स्थानीय जनता उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका परिक्षा र विर्तामोडस्थित कोहेड कलेजबाट प्रवीणता तह उत्तिर्ण गर्न सफल उनले पहिलोपटक २०६९ सालमा “निर्दोश” एल्बममा समावेश भएको सन्तोष आलेको शब्द–संगीत र गायक विनोद दनुवारको गायनमा तयार भएको म्यूजिक भिडियो म त तिम्रो प्रेम पूजारी टाढा नजाउ ए प्यारी… मार्फत आफ्नो मोडलिङ यात्रा शुरु गरेका थिए ।
त्यसैक्रममा सोही साल नै कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने टेलिश्रृङखला निर्देशक सन्तोष पन्तको “हिजो आजका कुरा” र गायक श्रीकृष्ण लुाइटेलको निर्देशनमा हिमशिखर टेलिभिजनबाट प्रसारण हुने “बोके दाह्री” मा पहिलोपटक अभिनयको अनुभव सागालेका उनले निर्देशक किशोर सुब्बाको निर्देशनमा निर्माण भएको लिम्बू चलचित्र “हेलूक्वा” अर्थात लाग्यो बाडुलीमा पनि अभिनय गर्ने अवसर पाएका थिए ।
गतसाल मात्र रियालिटी शो नेपाल आइडल २०६९को विजेता गायक बादल लिम्बूको गायन र दिनेश गजमेरको शब्द–संगीतमा तयार भएको गीत तिमीलाई फूल सम्झने मैले…को म्यूजिक भिडियोको सुटिङ सम्पन्न गर्न सफल उनले गायक बादल लिम्बूको शब्द–संगीत र गायक देव लिम्बूको माया मेरी माया यो मुटुको माझैमा राखेर…सागै संगीतकार ताराप्रकाशको शब्द–संगीत र गायक बादल लिम्बूको गायनमा तयार भएको भो माया लााउदिन…बोलको म्यूजिक भिडियोका लागि पनि आफूले साइन गरिसकेको बताएका छन् ।
अभिनय र मोडलिङसागै खुदुनावारी गाविसभित्र पहिलोपटक यलम्बर क्याटरिङ सेन्टर सञ्चालनमा ल्याउन सफल उनी काठमाण्डौंमा भएको आफ्नो पहिलो म्यूजिक भिडियो प्यारीको सुटिङ पश्चातको एउटा अविष्मरणीय किस्सा यसरी सुनाउाछन्–रातको ११ बजे सुटिङ युनिट बनेपा पुग्नुपर्ने, हामी सुटिङ युनिटलाई बोक्ने गाडी तिनकुनेको र म लगायत केही साथीहरु पुग्नुपर्ने कोटेश्वर, अचानक गाडीले हामीलाई तिनकुनेमा ओरालीदिएपछि दिनभरको सुटिङले गलेको थकित शरीर लिएर हामी रातको समयमा हिाड्दै करिब तीन घण्टामा मात्र हाम्रो गन्तव्य स्थान पुगेका थियौं ।
हालसम्म अभिनय र मोडलिङ सम्बन्धि कुनैपनि शिक्षा नलिएको जानकारी गराएका उनले आगामी दिनमा सो सम्बन्धी शिक्षा र तालिम लिएर आफूभित्रको प्रतिभालाई अझ उजागर गर्ने उनको दृढ अठोटसागै आफ्नो र आफ्नो क्षेत्रको पहिचानलाई स्थापित गराउने उनको लक्ष्यले मूर्तरुप पाओस् यही छ सुगमलाई शुभकामना ।