साइकलमै ईतिहास खोज्दै दिपेन्द्र

0
406

छविराज ढकाल/ पथरीशनिश्चरे,

यस अघिका २ वटा लकडाउनमा मात्रै ४ वटा खाेजमुलक पुस्तक प्रकाशित गरी आफुलाई नेपालमै अव्वल सावित गरेका यूवा लेखक तथा पत्रकार दिपेन्द्र तिमिल्सिनाले “इतिहासमा पथरीशनिश्चरे” नामको अर्को ऐतिहासिक पुस्तक प्रकाशन गरेका छन् ।

पथरीशनिश्चरे नगरपालिकामा जन्मी पथरीशनिश्चरे नगर क्षेत्रलाई आफ्नो कर्मक्षेत्र बनाएका लेखक तथा पत्रकार दिपेन्द्र तिमिल्सिनाले भर्खरैमात्र ८औ कृतिको रूपमा “इतिहासमा पथरीशनिश्चरे”लाई पाठकमाझ ल्याउन सफल भएका हुन्।

दुई दशक पथरीशनिश्चरे नगर क्षेत्रमा रही मोफसल पत्रकारिताको अनुभव संगालेका लेखक तिमिल्सिनाले हालसम्ममा पथरीशनिश्चरे नगर एक चिनारी-०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म-०७७, जेसीज दस्तावेज दाेस्राे संस्करण-०७८ तथा धिमाल जातिकाे इतिहास(विगतदेखि वर्तमान सम्म-०७८ ) , मोरङ्ग क्षेत्र नं २को चिनारी-०७०, मोरङ्गका सामुदायिक वन एक चिनारी -०६९ लगायतका विभिन्न ८ वटा खोजमूलक पुस्तकहरू प्रकाशित गरीसकेका छन्।

साईकलमा चढेरै शहर र गाउँका दुर्दराज पुगी पथरीशनिश्चरे क्षेत्रको ऐतिहासिक तथ्यलाई संकलन गरेका लेखक तिमिल्सिनाले सो अनुसन्धानमुलक पुस्तकमार्फत सार्वजनिक गरेका हुन्।

साहित्यकार रोहिणी प्रसाद घिमिरेले संपादन गर्नुभएको ३ सय बढी पृष्ठको सो ऐतिहासिक पुस्तक प्रकाशनका लागि पथरीशनिश्चरे -२का समाजसेवी बाबुराम राईले सहयोग भएको थियो भने झापाको दमकस्थित स्रष्टा छापाखानाले मुद्रण गरिदिएको छ ।

यस पुस्तकभित्र विभिन्न विषयसुची मार्फत पथरीशनिश्चरे नगरपालिकाको इतिहासलाई सार्वजनिक गरिएको लेखक तिमिल्सिनाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here