चुडाल बन्धुद्वारा पत्रकार प्रसाईं सम्मानित

0
522

लक्ष्मीपुर ।

चुडाल बन्धु कल्याण समितिले पत्रकार रञ्जित प्रसाईंलाई सम्मान गरेको छ ।

समितिको १४औं बार्षिक साधारणसभा एवम् ८ औं अधिवेशनको अवसर पारी शनिवार लक्ष्मीपुरमा आयोजित समारोहकाबीच प्रसाईंलाई हिमादेवी अक्षयकोषमार्फत सम्मान–पत्रसहित सम्मान गरिएको हो ।

आँगन एफएमका स्टेशन मेनेजर प्रसाईं पत्रकार महासंघ झापा शाखाको कोषाध्यक्ष रहेका छन् । उनी मिडिया नेपालका झापा अध्यक्ष तथा केन्द्रीय सदस्य समेत हुन् । कार्यक्रमका अध्यक्ष गोपालप्रसाद चुडाल र प्रमुख अतिथि भद्रप्रसाद चुडालले उनलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाँई लगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिको उपाध्यक्ष प्रेमप्रकाश चुडालले स्वागत गरेको कार्यक्रममा महासचिव भरतमणि चुडालले प्रतिवेदन प्रस्तुत गर्नुका साथै कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here