कोशीमा हाम फालेछ

0
502

अमित संग्रौला,

हिजोदेखि हराएको धनजीते घरमा आएन । किन नआओस् त हप्तादिन भइसक्यो रक्सीले छोडेको छैन उसलाई । आजसम्म पनि ऊ मातिरहेको नै छ । घरमा श्रीमतीलाई गाली ग¥यो, छोराछोरीलाई मनपरी बोल्यो । पस्किएको भात फ्याँकेर फुत्त हिँड्यो ।

लघुकथा

उसको श्रीमतीले ‘मेरो घरमा नआइज । तँ जहाँ जान्छस् जा । मेरो र तेरो कुनै सम्बन्ध छैन । भनेकी थिई ।’ रिसको झोकमा लगाएको पोते पनि चुड्याइ । पोते चुड्याउँदा हिजो राति धनजितेले एक थाप्पड हिर्काएको थियो ।

त्यहाँदेखि हिँडेको मान्छे घर फर्किएर आएन । दिनरात झगडा गथ्र्यो । नमातेको दिन नै हुँदैन थियो । रक्सी छुटाउन अनेक प्रयास गरी । तापनि केही सीप चलेन । बिहानदेखि शुरु गरेको दिनभरि पिउन्थ्यो । छोराछोरी रुन्थे । बाउलाई कति सम्झाए । तर पनि धनजीतेले टेरेन ।

‘जा तेरो आमालाई सम्झा । म बाट हुने सुख तेरो आमालाई पुगेन रिसाएर भन्यो छोराछोरीलाई ।’ रक्सी न खाएको दिन मेरो लोग्ने भगवान छ भन्थी । पहिला–पहिला उनीहरुको बीच प्रेम गहिरो थियो । दुईबीचमा प्रेम अथाह थियो । देख्ने मान्छेहरुले समेत डाह गर्थे । जब घनजीते ऋणमा डुब्यो । त्यहाँदेखि उनीहरुको परिवार बिग्रियो । अनि रक्सी पिउन थाल्यो र झगडा हुन थाल्यो ।

आज दुई दिन भयो । धनजीते हिँडेको घरबाट कुनै खबर आएको छैन । आज बिहानै हल्ला फैलियो । तेरो बाउले कोसीमा हाम फालेछ । पल्लो घरकी काकी सुनाइन् । रमा र दुई छोराछोरी कोसीको किनारमा पुगे । भिडभाड थियो । कोसी एकतमासले बगिरहेको थियो । रमाले आँखाबाट आशुका धारा झारिन् ।

हे भगवान ! उफ लामो स्वास फेरिन बगिरहेको पानीतिर हेर्दै भनिन्– ‘धनजीतेले कोसीमा हाम फालेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here