मस्तिष्क नियन्त्रणमा टेकनाथ रिजाल

0
625

अघिल्लो अङ्कको अन्तिम पेजमा पञ्चवर्षीय योजना शुरु गर्ने सहमति भएदेखि अगाडि पहिलो भारत भुटानबीचको अन्तर्राष्ट्रिय सिमानाको सिमाङ्कन र दोस्रो प्रथमपटक देशव्यापी रुपमा जनगणना र त्यस समयमा कुनै पनि बैंक नभएको कारण उनीहरु भारतको आलेपुरमा रकम निकाल्न जाने गर्थे । भुटानले भारतको शिलगडीमा आवश्यक श्रमशक्ति नियुक्तिका लागि सम्पर्क कार्यालय खोलेको थियो । त्यहाँ भारतीय र नेपाली भाषी नेपालीहरुलाई काम गर्न आश्रय दिइन्थ्यो ।

इ.सं.१९६४ मा भुटानका प्रधानमन्त्रीको आन्तरिक राजनीतिक कारण हत्या गरियो । राजाले १९७१ मा संयुक्त राष्ट्रसंघको सदस्य बनाउन सफल भए । राजाको इ.सं.१९७१ अप्रिल ६ देखि १३ सम्म भएको एक हप्ता लामो भारत भ्रमण र भुटानको संयुक्त राष्ट्रसंघमा भएको प्रवेश एकै समयमा भएको थियो । छोरा जिङ्वे सिङ्गे वाङ्चुङलाई इ.सं. १९७२ मे १५ मा भुटानको अधिराजकुमारको रुपमा पदस्थापन गराए । अधिराजकुमार घोषणा गरेको ठिक दुई महिना छ दिनपछि २१ जुलाई इ.सं.१९७२ मा भइरहेको असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुँदै गर्दा उनको मृत्यु भयो ।

इ.सं. १९८० सम्म भुटानको सम्पूर्ण विकास योजना र अर्थपूर्णरुपमा भारतले व्यवस्था ग¥यो । सन् १९७४ मा सिक्किम भारतमा विलय हुँदा उनको निराशा अझै चुलियो । राजाले १७ डिसेम्बर सन् १९८१ मा दक्षिण भुटानको गेलेम्फुमा राष्ट्रिय दिवस मनाउने घोषणा गरे । सन् १९८०÷०८१ मा भारतले विकेन्द्रिकरणका लागि शक्ति हस्तान्तरण ग¥यो । सन् १९८० सम्म भारतबाट तयार पारिएको भुटानका विकासका योजनाहरु राज्यसभामा छलफल गरिन्थ्यो । तर, भारतबाट शक्ति प्राप्त हुनासाथ भुटानी राजाले यो मुद्दामा राज्यसभामा छलफल गर्न बन्द गरिदिए । सन् १९८०÷१९८४मा भुटानमा भ्रष्टाचार यस्तो उचाइमा पुग्यो कि हरेक नागरिक यसबाट प्रभावित भए । यस परिस्थितिले राजा सन् १९८० सम्म भुटानका लागि भारतबाट बजेट र योजनाहरु कार्यान्वयन गरिन्थ्यो र भारतले नै लेखापरीक्षणका लागि लेखा परीक्षण गथ्र्यो । टेकनाथ रिजाललाई अब तोकिएको ठाउँमा मात्र भ्रमण गर्ने अनुमति दिइयो ।

देशव्यापीरुपमा भ्रष्टाचार चरमविन्दुमा पुग्यो । राजाले यस कुरालाई छानविन गर्न राजकीय सल्लाहकारलाई अनुमति दिए । उक्त बैठकमा राजाले त्यो समितिमा टेकनाथ रिजाललाई दिए । वाह्य व्यक्तिलाई स्वभावत खुल्दुली लाग्न सक्छ किन र को हुन् टेकनाथ रिजाल ? उनी दक्षिणी भुटानको लामीडाँडामा इ.सं.१९४७ मा जन्मिएका थिए । उनका बुबा दीननाथ रिजाल र आमा विष्णुमाया रिजालका कान्छा छोरा थिए टेकनाथ । रिजाल १६ वर्षको किशोर अवस्थामै सर्वेक्षण विभागमा प्रवेश गरेका थिए । इ.सं १९.६४ मा उनी भुटान इञ्जिनियरिङ सर्वेक्षण विभागमा प्रवेश गरे । सन् १९७४ देखि १९८४ सम्म उनी चिराग जिल्लाको लामीडाँडामा निर्वाचन क्षेत्रबाट राज्यसभाका सदस्य बन्न पुगे । उनले निर्वाह गरेको महत्वपूर्ण अधिकार प्राप्त पद राजकीय सल्लाहकार परिषद्का सदस्य थिए ।

सन् १९८४ देखि २०८८ सम्म सदस्य बनेका रिजाल मन्त्रीपरिषद र राजकीय लोकसेवा आयोग दुबैका सदस्य थिए । १५ वर्षको लामो कार्यकालमा उनको इमानदारिता, सदाचारिता, बफादारिता, प्रतिबद्धता र लोकप्रियताले स्वभाविक रुपमा चौथो राजा जिङ्वे सिङ्वे वाङचुङ्को ध्यान खिचियो । उनलाई अनुसन्धानमा समावेश गराउन जोड दिइयो । राजाले उनलाई राष्ट्रव्यापी अनुसन्धान विभागका संयोजक समेत बनाए । यही विभागले भुटानमा भ्रष्टाचार माथि अनुसन्धान गरेको थियो । उनलाई ठूला–ठूला परियोजनाको पनि अनुसन्धान गर्ने आदेश दिइएको थियो । अनुसन्धानका लागि दुई–दुई टोली गठन गरियो । एउटा टोलीमा टेकनाथ रिजाल र डासो लाप्चु दोर्जे थिए ।

टेकनाथ रिजालको टोलीले सेभागाङ थिम्पु चिराग गेलेम्फुका साथै पब्लिकवर्क डिपार्टमेण्ट र सिमेण्ट कारखानाको छानविन ग¥यो । टेकनाथका अनुसन्धान टोलीले राजाका स्वकीय सचिव ‘डान्सोपेमा वान्छेन’ र महालेखा परीक्षक सोनामतोङ्वे दुवै ठूलो भ्रष्टाचारमा संलग्न भएको पत्ता लगाए । यति मात्र नभएर सोनाम टोग्लेले उच्च ओहोदाका अन्य भ्रष्टाचारीहरुलाई संरक्षण गरेको पनि पाए । राजकीय सल्लाहाकार परिषद्ले भ्रष्टाचारको प्रकृतिको गोप्य विवरण राजामा पेश गरे । त्यस भ्रष्टाचारीका मुख्य नाइके राजाका काका ‘नाम्गेल थाङ्चुङ’कै अगुवाइमा भइरहेको थियो । यो गोप्य कुरा बाहिरीन पुग्यो राजाका सचिवबाट । त्यसपछि राजाले ‘फुलजाङलाङ्वी’लाई राजकीय सल्लाहाकार परिषद्को अध्यक्षमा नियुक्ति गरे ।

अब उच्च पदस्थका भ्रष्ट अधिकारी टेकनाथ रिजालको चियोचर्चो गर्न थाले । उनीहरुले रिजाललाई भारतको निर्देशनमा लेखा परीषद्सँग मिलेर भुटानमा विकेन्द्रीकरणको असफलता उजागर गर्न खोजेको आरोप लगाए । राजाका स्वकीय सचिव ‘पेमावान्छेन, दागो छिरिङले टेकनाथ रिजाललाई भारतीय एजेण्ट र प्रमुख खलनायकका रुपममा प्रस्तुत गर्न शुरु गरे । सन् १९८८ को जनगणना अनुसार उनीहरुलाई भुटानी नागरिकताबाट वञ्चित गर्न अन्तिम अस्त्र बनाए । यो निराशाले नागरिकहरु आप्mना समस्या सुनाउन राजकीय सल्लाहकार परिषद् काम सदस्य टेकनाथ रिजालाई भेट्न थिम्पु पुगे । यो अवस्थाले टेकनाथलाई दोधारमा पारे ।

सन् १९८८ अप्रिल ९ मा यस सम्बन्धमा राजा समक्ष निवेदन पेश गरे । तर, उनको सुनुवाई भएन । उल्टै राजाले टेकनाथ रिजाललाई राजकीय सल्लाहकार परिषद्को सदस्यबाट बर्खास्त गरेको पत्र जारी गरे । यो पत्र टेकनाथ रिजाललाई प्रहरी प्रधान कार्यालय थिम्पुमा बोलाई सहायक गृहमन्त्रीले हस्तान्तरण गरे । टेकनाथलाई त्यसपछि हिरासतमा राखियो । परिवारका सदस्यहरुसँग भेटघाट गर्ने अनुमति समेत दिइएन । तीन दिनपछि उनलाई गृह मन्त्रालय लगियो र उच्च अदालतका दुई जना न्यायाधीशको उपस्थितिमा भएको लिखित सम्झौतामा हस्ताक्षर गर्न लगाइयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here