अर्जुनधारा जलेश्वर धामको अध्यक्षमा पुनः गट्टानी

0
558

अर्जुनधारा ।

पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिको आगामी चार वर्षे कार्यकालको लागि अध्यक्षमा पुनः नविन गट्टानी चयन भएका छन् ।

समितिको शनिबार सम्पन्न ३१औं साधारण सभाले गट्टानीको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सदस्य एवम् धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले जानकारी दिए ।

सदस्य सिग्देलका अनुसार उपाध्यक्षत्रयमा भीमचन्द्र भट्टराई, चन्द्रकला भण्डारी र अम्बिकाप्रसाद सुवेदी, महासचिवमा शिवलाल खतिवडा, सचिवमा कृष्णप्रसाद भट्टराई, कोषाध्यक्षमा मनोज जोशी र सहकोषाध्यक्षमा दीपक तामाङ चयन भएका छन् ।

त्यसैगरी समितिको वरिष्ठ सदस्यमा चित्रसेन भण्डारी, सदस्यहरुमा भानुप्रसाद शिवाकोटी, रमा चापागाईं, रमेश त्रिखत्री, सुशिला सुवेदी, श्याम घिमिरे, निरज ओली, धु्रवकुमार पौड्याल, हरिभक्त बराल, चन्द्र ओली, राधा बुढाथोकी, पूनम पोख्रेल सुवेदी र बेनु शिवाकोटी चयन भएका छन् ।

सोही सभाले कृष्णप्रसाद पौड्यालको संयोजकत्वमा छविलाल शिवाकोटी र मनोरथ पाण्डे सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन भएको बताइएको छ । नयाँ चयन भएका पदाधिकारी तथा सदस्यहरुको पदभार ग्रहण कार्यक्रम यही फागुन ३० गते सोमबार रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here