महिला हिंसा बिरुद्धको तीन दिने तालिम सम्पन्न

0
278

बिर्तामोड ।

नारी दिवसको अवसरमा नारी संचार गृह भापाको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं ९ को सहयोगमा महिला हिंसा बिरुद्धको तीन दिने तालिम आइतबार सम्पन्न भएको छ ।

नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षता तथा १ नं. प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अथिति कार्कीले समाजमा हुने विभिन्न खोले हिंसाको अन्त्यका लागि महिलाहरू सचेत हुन जरुरी रहेको बताउनु भयो ।

वर्तमान अवस्थामा कानूनी बाध्यताले मात्रै महिला सहभागिता भइरहेको बताउँदै सांसद कार्कीले सशक्त सहभागीताका लागि क्षमता अभिबृद्धि गर्न सुझाव दिनुभयो ।

विकासका नाममा छुट्टिएको बजेटको ठूलो हिस्सा कागजी रुपमा मात्र विकास हुने गरेको उल्लेख गर्दै विकासमा हुने अनियमितता रोक्न पनि महिला सक्रियता जरुरी रहेको बताउनु भयो । राजनीति विना विकास असंभव भएपनि विकासमा राजनीति गर्नु नहुने बताउनु भयो । साथै आउदो स्थानीय चुनावमा ५० प्रतिशत महिलाहरुको सहभागिता हुनु पर्नेमा उहाँको जोड थियो ।

बिशिष्ट अतिथि बिर्तामोड वडा नं ९ का वडा अध्यक्ष पवित्रा पाठकले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागी महिलाहरुलाई सुभाव दिनुभयो । कार्यक्रममा नेपाल प्रेस युनियन भापा अध्यक्ष तथा नारी संचार गृह भापाकी सल्लाहार ईन्दु पुर्वेली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बिर्तामोड वडा नं ९ का विभिन्न टोल विकास समितिका ४५ जना महिलाहरु सहभागीता रहेको ३ दिने तालिममा संस्थाका अध्यक्ष शिवाकोटी, नेपाल पत्रकार महासंघ भापाका उपाध्यक्ष केशव भट्टराई र नारी संचार गृहकी सल्लहाकार तथा रेडियो बिराटकी प्रबन्ध निर्देशक लिला अनमोेलले सहजीकरण गरेका थिए ।

संस्थाका उपाध्यक्ष रेजिना गौतमले स्वागत गरेको कार्यक्रमको संचालन जोस्ना श्रेष्ठले गरेको सदस्य सुनिरा मैनालीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here