प्रदेशसभा सदस्यसँग सहकार्य गर्दै कर्णालीका युवा

0
685

कर्णाली,

कर्णालीका १२ युवाले प्रदेशसभा सदस्यसँग संसदीय र कानुन निर्माण प्रक्रियाबारे ज्ञान सहायकका रुपमा सहकार्य गर्ने भएका छन् ।

अमेरिकी राजदूतावास काठमाडौँको सहयोग, पोखरा रिसर्च सेन्टरको सहकार्य तथा ऋति फाउन्डेसन सुर्खेतको सञ्चालनमा पूर्वव्यावसायिक संसदीय सहयोग कार्यक्रम (पिपिएसपी कर्णाली फेलोशिप) अन्तर्गत युवाले प्रदेशसभा सदस्यसँग काम गर्ने भएका हुन ।

फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले पहिलो चरणमा छानिएका १० जिल्लाका ५० युवालाई संसदीय प्रक्रिया, कानुन निर्माण र कर्णालीका विभिन्न सामाजिक आयाममा आधारित भएर तालिम दिइएको जानकारी दिनुभयो ।

“युवालाई नीति निर्माणमा जोड्न कार्यक्रम उपयोगी हुनेछ, युवाले पनि संसदीय प्रक्रिया, सार्वजनिक नीति निर्माणबारे उत्सुकता जनाएका छन्”, उहाँले भन्नुभयो, “अन्तिम चरणमा छनोट हुने १२ जनाले मात्र प्रदेशसभा सदस्यसँग काम गर्न पाउनेछन ।” पहिलो चरणमा ५० जनामध्येबाट दोस्रो चरणमा २५ र अन्तिम चरणमा १२ जना छनोट हुनेछन् ।

ती १२ जनाले मात्र कर्णाली प्रदेशसभाका सदस्यसँग छ महिना नजिक रहेर काम गर्न पाउनेछन् । यसअघि कर्णालीका सबै जिल्लाबाट फेलोशिपका लागि प्राप्त ३०० आवेदनबाट ५० प्रारम्भिक छनोटमा परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here