१० जना श्रमिक महिलालाई सम्मान

0
564

बिर्तामोड ।

बिर्तामोड नगरपालिकाले एक संस्थागतसहित १० जना श्रमिक महिलालाई सम्मान गरेको छ ।

११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिर्ताबजारमा शुभकामना तथा महिला सम्मान कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले विभिन्न विधागत रुपमा श्रमिकहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा वडा नम्बर १की वेदकुमारी कुमाल, २को पूर्वेली महिला नौमती बाजा समूह, ३की प्रतिभा राजवंशी, ४की थिरादेवी भट्टराई अधिकारी, ५की मंगलमाया केरुङ्ग रहेका छन् ।

त्यस्तै ६की फूलमती करुवा, ७की गीता चौधरी, ८की लीला राजवंशी, ९की सुरजमुनि टुडू र १०की वुद्धिमाया किस्कू रहेका छन् । सम्मानित हुनेहरुलाई नगर उपप्रमुख पवित्रा महतारा प्रसाई र वडा नम्बर ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले अबिर, माला लगाएर मायाको चिनोसहित सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा नगरको न्यायिक समिति शाखा अधिकृत टीका लामिछानेले वेइजिङ्ग घोषणा पत्र प्रस्तुत गरेकी थिइन् । घोषणा पत्रमाथि न्यायिक समितिकी कानूनी सल्लाहकार कमला आचार्य र वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष स्वास्तिका आचार्यले टिप्पणी गरेका थिए ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्य तथा उपप्रमुख पवित्रा महातारा प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडा नम्बर ४का वडाध्यक्ष कुलप्रसाद संग्रौला, एवीसी नेपाल झापाकी अध्यक्ष कञ्चना सिटौला, महिला मुक्ति अभियान की अध्यक्ष राधा सुव्वा, तिलरुपा श्रेष्ठ लगायतले बोलेका थिए । वडा नम्बर ६की वडा सदस्य पवित्रा ढुङ्गानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन कर्मचारी गोमा पोख्रेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here