आज झापा गोल्डकपमा महिलाका लागि फ्रि टिकट

0
798

बिर्तामोड ।

११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा झापा गोल्डकप आयोजक समितिले महिलाका लागि निःशुल्क खेल हेर्ने अवसर प्रदान गरेको घोषणा गरेको छ ।

गोल्डकपका अध्यक्ष बिनोद बस्नेतका अनुसार समस्त आमा,दिदि–बहिनीहरुप्रति सम्मान व्यक्त गर्दै समस्त महिलाका लागि फागुन २४ गते मंगलबार झापा गोल्डकपको खेल प्रतियोगिता निःशुल्क हेर्ने व्यवस्था मिलाइएको हो ।

बस्नेतले अवसरमा सरकारले समेत सार्वजनिक विदा दिएकाले तनावमुक्त भएर समयमै उपस्थित भई खेल हेरेर मनोरञ्जन लिन महिला वर्गमा अनुरोध समेत गरेका छन् ।

महिलाका लागि झापा गोल्डकपले निःशुल्क खेल हेर्ने प्रबन्ध गरेपछि सामाजिक सञ्जालमा गोल्डकप आयोजक समितिको विभिन्न क्षेत्रबाट प्रशंसा भएको छ । आयोजक समितिका अध्यक्ष बस्नेतले यस अवसरको उचित सदुपयोग गर्न सबैमा अपिल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here