नेवाः देय् दबू झापाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

0
771

सञ्जय श्रेष्ठ,
बिर्तामोड ।

नेवाः देय् दबू झापाको तेस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । नेवाः देय् दबू झापाका जिल्लाअध्यक्ष दिनेश शाक्यको अध्यक्षता तथा नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारको प्रमुख आतिथ्यतारहेको थियो ।

कार्यक्रममा झापा जिल्ला भरीका १५ वटा खलः पूचका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकार ,केन्द्रीय उपाध्यक्ष कृष्ण उदास, पूर्व केन्द्रीय महासचिव पवित्र बज्रचार्य, प्रदेश नं १ अध्यक्ष सोमबहादुर श्रेष्ठ, नेवाः पासा मुना पुचः बिर्तामोड नगर अध्यक्ष दिनेश श्रेष्ठ, राष्ट्रिय परिषद् सदस्य भरत श्रेष्ठ, नेवाः मिसा दवू केन्द्रीय उपाध्यक्ष विमला प्रधान, बिर्तामोड–४ वडाध्यक्ष कुलप्रसाद संग्रौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेवाःपासा मुना पुचः बिर्तामोडलाई भक्तमान शाक्य सिरपा सम्मानद्वारा उत्कृष्ट खल पुचः को रुपमा सम्मान गरिएको थियो । उक्त सम्मान नेवाः पासा मुना पुचः बिर्तामोड नगर अध्यक्ष दिनेश श्रेष्ठले ग्रहण गरेका थिए । त्यस्तै नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकार ,केन्द्रीय उपाध्यक्ष कृष्ण उदास, राष्ट्रिय परिषद् सदस्य भरत श्रेष्ठ, वीवीएममा नेपाल टप गर्ने कृतज्ञा श्रेष्ठ, कार्यालय कोठा उपलव्ध गराउने दिलबहादुर मेन्याङ्वोलाई सम्मान गरिएको थियो ।

नेवाः देय् दबू झापाको अध्यक्षमा रत्न श्रेष्ठ चयन भएका छन् । संस्थाको तेस्रो जिल्ला अधिबेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा तीलरुपा श्रेष्ठ, उपाध्यक्षमा कमल गुभाजु ,महिला उपाध्यक्ष र्इश्वरा श्रेष्ठ, सचिव यामकुमार श्रेष्ठ , महिला सचिवमा रेजिना श्रेष्ठ , कोषाध्यक्षमा तीर्थकुमार श्रेष्ठ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा हरिबहादुर श्रेष्ठ, रुपक श्रेष्ठ, ताराकुमार श्रेष्ठ, पदमबहादुर जोशी , अञ्जु श्रेष्ठ, मिथिला श्रेष्ठ, श्रीनारायण श्रेष्ठ, जगतबहादुर श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, यज्ञलाल श्रेष्ठ, खेम श्रेष्ठ, लक्ष्मणज्वयल श्रेष्ठ, कविता श्रेष्ठ, तेजबहादुर प्रधान , तारा श्रेष्ठ रहेका छन् । कालिदास श्रेष्ठ संयोजक र गणेश शाक्य, रुद्रमणि श्रेष्ठ सदस्य रहेको निर्वाचन समितिले पदाधिकारीहरुको चयन गरेको हो । कार्यक्रममा उपाध्यक्ष रत्न श्रेष्ठले स्वागत गरेका थिए भने सञ्चालन नेवाः देय् दबू झापाकी सचिव तीलरुपा श्रेष्ठले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here