बुद्धशान्तिमा भलिबल प्रतियोगिता हुँदै

0
513

शान्तिनगर ।

झापाको बुद्धशान्ति–६ मा वडास्तरिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । वडाको खेलकुद बिकास समितिको आयोजनामा ठुटेबरको प्राङ्गणमा हुने उक्त प्रतियोगिता फागुन २७ गते उद्घाटन र २८ गते समापन हुने छ ।

वडामा रहेका भलिबल खेलप्रेमीहरुको प्रतिभालाई उजागर गर्न प्रतियोगीता आयोजना गर्न लागिएको समितिका अध्यक्ष खगेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँले पछिल्लो समय फुटबल तथा क्रिकेटका प्रतियोगीताहरु धेरै हुने गरेको र भलिबल लोप हुने अवस्थामा पुगेकाले भलिबलको संरक्षण र संर्वद्धनका लागी प्रति प्रतियोगीता महत्वपुर्ण रहेको बताउनु भएको छ ।

बुद्धशान्ति गाउँपालिका भित्र बसोबास भएका खेलाडीहरुले मात्रै प्रतियोगीतामा सहभागीता जनाउन पाउने उहाँले बताउनुभयो । उहाँका अनुसार एक वडाको खेलाडीले अर्को वडाको टिमबाट खेल्न नपाउने उद्घोष गर्नुभयो ।

प्रतियोगीताको प्रथम पुरस्कार नगद रु। २५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय पुरस्कारका रुपमा नगद रु। १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र रहेको समिती सदस्य गणेश आचार्यले जानकारी दिनुभयो । उहाँले वाड न। ६ का पुर्व खेलाडीलाई खेल जगतमा पुर्याएको योगदानको कदर गर्दै ७ जना खेलाडिलाई सम्मान गरिने बताउनु भयो । यसरी सम्मनित हुनेमा घनश्याम भट्टराई,प्रेम प्रसाद ढकाक,लिला आचार्य, टंक बहादुर राई, हर्क बहादुर राई, कुल बहादुर लिम्बू र कुल बहादुर तामाङ रहेको जानकारी दिनुभयो ।

प्रतियोगीतामा पालिकाभित्रका ७ वटै वडा र आयोजकको तर्फबाट एक टिम गरी ८ वटा टिमको सहभागीता रहने छ । प्रतियोगीता सञ्चालन गर्न वडाले १ लाख र गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद समितिले ५० हजार दिएको सचिव खुरहरी ढकालले जानकारी दिनुभयो । यसैगरी खेलको उद्घाटन गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेल र उपाध्यक्ष मिरा भुर्तेलले गर्ने आयोजक समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here