एकीकृत समाजवादी बिर्तामोड–५ को अध्यक्षमा हर्क कुवर

0
253

बिर्तामोड ।

नेकपा एकीकृत समाजवादी बिर्तामोडको वडा नम्बर–५ को अध्यक्षमा हर्क कुवर चयन भएका छन् । पुराना बामपन्थी नेताका रुपमा चिनिएका कुवर अध्यक्ष भएसंगै वडा कमिटीले पूर्णता पाएको बताइएको छ ।

भेलाले ३३ सदस्य कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा गिता कडेल, सचिवमा अलका अधिकारी, उपसचिव शुक्र लिम्बू चयन भएका छन् ।

पार्टी केन्द्रीय सदस्य निलमणी वरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय सल्लाकार सदस्य पुन्यप्रसाद खरेल, दलित मुक्ति सगठन केन्द्रीय उपाध्यक्ष श्याम ल्वागून, युव संघ केन्द्रीय सदस्य राजन थापा, जिल्ला कमिटी सदस्यहरु इन्द्र निरौला , केदार ओडारी,लक्ष्मण खतिवडा,वुद्धि भट्टराई ,लीला वराल लगायतको सहभागिता रहेको थियो ।

नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपाध्यक्ष कमल भट्टराईले स्वागत गरेका थिए भने नगर सचिव कृष्ण विष्टले कार्यक्रमको सञ्चालन गरेका थिए ।

नगर कमिटीका अध्यक्ष सिटौलाका अनुसार अब भातृ संगठन निर्माण र निर्वाचन केन्द्रीत कार्ययोजना तय गरेर पार्टी अगाडि बढ्ने छ । उनका अनुसार यस अघि बिर्तामोडमा युवा संघ, अनेरास्ववियुलगायतका नगर कमिटी बनिसकेको छ भने अब अनेमसंघ, किसान, शिक्षक, मजदुर र दलितका नगर कमिटी गठन गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here