प्रिमियर लिगको आजको खेलमा वाई एफसी २-१ गोल गर्दै विजयी

0
556

पथरीशनिश्चरे,

 

पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको आजको खेलमा वाई एफसी २-१ को अग्रता लिदै विजय हासिल गरेको छ ।आजको खेलमा दुवै टिमले बराबरी अंक बाँडेका छन् ।

प्रिमियर लिग’-०७८ अन्तर्गत शनिबार भएको खेलमा वाई एफसीका जर्सी नं ११ का मोहन राईले वाईजी एफसीविरूद्ध पहिलो हाफको ७ औं मिनेटमा १ गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका हुन् ।

दोस्रो हाफको ५ औ मिनेटमा पुनः जर्सी नं १९ का विनायक लिम्बुले अर्को गोल थप्र्दै २-० को अग्रता दिएका थिए। सोहि हाफको २७ औं मिनेटमा वाई एफसीका वाई एफ सीका जर्सी नं ४ का मिसन राईले गोल जोगाउने क्रममा प्रहार गरेको बल आत्मघाती गोल बन्दै विपक्षी वाई जी एफसीले १ गोल उपहार पाएको थियो ।

आजको खेलमा म्यान अफ दि म्याच वाई एफसीका विनायक लिम्बु घोषित भएका थिए। उनलाई प्रमुख अतिथि समेत रहनुभएका पथरीशनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले ३ हजार नगदसहित मेडल र ट्रफी प्रदान गरेका थिए ।

भोलिको खेल न्यू स्टार एफसी र श्रीजंगा एफसी विच हुने आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here