मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु

0
403

मोरङ ।

मोरङको रंगेली नगरपालिका २ मंगलबारे स्थित विराटनगर आमबारी सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु र एक जना घाईते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार विराटनगर महानगरपालिका ५ का ४१ बर्षीय बलराम बर्तोला रहेका छन् भने चालक विराटनगरकै १६ बर्षीय कमल भन्ने कुनाल बर्तौला घाईते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश न ०१–०४–००१ प ७१६४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित दुर्घटना भएको थियो । दुर्घटनावाट घाईते भएका बलरामको उपचारको लागी कोशी अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो भने घाईते कुनालको गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here