इन्ट्रा- पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’: टेन नवोदय फाइनलमा प्रवेश

0
229

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को नकआउट चरणकाे पहिलो खेलबाट टेन नवोदय एफसी फाइनलमा प्रवेश गरेको हो भने न्यू स्टार एफसी नक आउट चरणबाटै बाहिरिएको छ।

आज बुधबार संचालित सेमिफाइनलको खेलमा टेन नवोदयले न्यू स्टार एफसी विरुद्ध २-१ गोल गर्दै आफ्नो टिमलाई फाईनलका लागि यात्रा तय गरेको हो। समुह ‘ए’ को विजेता टेन नवोदयका जर्सी नं ९ का खेलाडी रोशन माझीले खेलको पुर्वार्धकै ३० सेकेन्डमा न्यू स्टार एफसी विरुद्ध गोल गर्दै आफ्नो टिमलाई १-० को अग्रता दिलाएका थिए।

खेलको १२ मिनेटमा टेन नवोदयका जर्सी नं १६ का सन्तोष केसीले पुनः अर्को गोल गर्दै आफ्नो टिमलाई २-० को अन्तरमा पुर्याएका थिए। यसैवीच, खेलको १७ औं मिनेटमा न्यूस्टार एफसीका जर्सी नं २७ का खेलाडी सुरेन्द्र लिम्बुले प्रहार गरेको बल जोगाउने क्रममा टेन नवोदयका अर्का खेलाडी राज तामाङले आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि न्यू स्टार एफसीले १ गोल उपहार पाएको थियो।

आजको खेलमा म्यान अफ दि म्याच न्यू स्टार एफसीका जर्सी नं ९ का दिपेन माझी घोषित भएका छन्। उनलाई प्रमुख अतिथि मनोज विक्रम शाह र खेल आयोजक समितिको अध्यक्ष सन्दिप गिरीले संयुक्त रूपमा ३ हजार रुपैयाँ नगद सहित मेडल र ट्रफी प्रदान गरेका थिए।

भोलिको खेल समुह “ए”को शिखर एफसी र समूह ‘बि’ को उपविजेता द रियल व्रोदर्स एफसी बिच हुने आयोजक समितिका सचिव मनि लुम्फुवा लिम्बुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here