कनकाई नगरपालिकाद्वारा १८ शिक्षक–कर्मचारी सम्मानित

0
615

संगीता उप्रेती,
सुरुङ्गा ।

कनकाई नगरपालिकाले एक कार्यक्रमका वीच नगरभित्रका सामुदायिक विद्यालयबाट एक वर्षभित्र सेवा निवृत्त भएका शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ ।

नगरको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको सम्मान तथा उत्कृष्ट प्रतिभा छनोट कार्यक्रममा सेवानिवृत्त शिक्षकहरू कनकाई माविका तुलसादेवी मैनाली र वेदप्रसाद खतिवडा, सरस्वती माविका तुलसी कार्र्की र सीता सिटौला, भृकुटी मावि दुर्गापुरका अञ्जना सिटौला, कमलचन्द्र डाँगी र गंगाबहादुर खवास, हिमाली मावि लक्ष्मीपुरका केशवप्रसाद ओझा र छबिलाल कट्टेल, जनचेतना आधारभूत विद्यालयका सुमित्राकुमारी उप्रेती र टीकामाया देवकोटा, जानकी आधारभूत विद्यालय सुकेडाँगीका लोकनाथ उप्रेती र सीताराम रिसाललाई सम्मान गरिएको थियो ।

त्यसैगरी, चम्पापुर माविका शिक्षक दुर्गाबहादुर कटुवाल, आदर्श विद्यामन्दिर मावि घैलाडुब्बाका डुमरकुमारी राजवंशी र मनकुमार राजवंशीलाई पनि सम्मान गरिएको थियो । सोही कार्यक्रममा आदर्श विद्यामन्दिर माविका शिक्षक स्वर्गीय कल्याण राजवंशी र कर्मचारी स्वर्गीय धनसिंह राजवंशीलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं. ४ का प्रदेशसभा सदस्य माननीय हीराकुमार थापा, कार्यक्रमका अध्यक्ष कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मञ्जु प्रसाई लगायतले सम्मानपत्र, दोसल्ला र अबिरले सम्मान गरेका थिए । स्वर्गवासी कल्याण र धनसिंहका परिवारजनले सम्मान ग्रहण गरेका थिए ।
सो अवसरमा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी वीचमा नृत्य तथा गायन प्रतिष्पर्धा सञ्चालन गरिएको थियो । गायनतर्फ अनिरूद्र ओली र सरोज वत्सले निर्णायकको भूमिका निभाएका थिए । गायनतर्फ कनकाई माविकी सन्ध्या ठटाल, पशुपति अंग्रेजी माविका अंकित राई, भृकुटी माविका समीर तामाङ, हरिकुल नमुना माविका सविना तामाङ र ग्लोबल एडुकेयर एकाडेमीका कृपा भट्टराईलाई उत्कृष्ट प्रतिभा घोषित गरिएको थियो ।

नृत्यतर्फ पदम तामाङ र प्रकाश राजवंशीले निर्णायकको भूमिका निभाएका थिए । नृत्यतर्फ सिम्रन खडका, भावना राजवंशी, प्रनिशा खत्री, सलिना थापा, उर्मिला भण्डारी, ऋतिका पराजुली, रोहन कटुवाललाई उत्कृष्ट नवप्रतिभाको रूपमा छनोट गरिएको थियो ।


सो अवसरमा संगीत साधना कलाकेन्द्र सुरुङ्गाका प्रमुख ध्रुब पाठक र सुरुङ्गा डान्स सेन्टरका प्रमुख अमन गुप्तालाई कार्यक्रम सफल बनाउन खेलेको महत्त्वपूर्ण योगदानका लागि प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षक मदनकुमार डाँगी, विद्यार्थी सुरज भट्टराई र अतिथि कलाकार प्रेरणा ओलीले गीत प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा कनकाई नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, वार्ड नं. ४ का वार्ड अध्यक्ष एवम् नगर प्रवक्ता गोविन्दप्रसाद पौडेल, स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगाल, शिक्षा अधिकृत हरिप्रसाद मिश्र, सूचना प्रविधि अधिकृत खगेन्द्र मिश्र, लेखा कर्मचारी लक्ष्मीप्रसाद अधिकारी, कनकाई मावि पीटीए अध्यक्ष नेत्रप्रसाद प्रसाई, नेपाल शिक्षक महासंघ कनकाई नगर अध्यक्ष शारदा प्रसाई पाठक, कनकाई माविका शिक्षक प्रतिनिधि बल्लभकुमार गौतम लगायतको आतिथ्य रहेको थियो ।

नवप्रतिभा छनोट कार्यक्रमका संयोजक अखिलकुमार कोइरालाले विद्यार्थीमा अन्तरनिहीत प्रतिभालाई मञ्च प्रदान गरी कनकाई नगरभित्रका विद्यालयवीचमा रहेको सुसम्बन्धलाई अझ दरिलो र फराकिलो बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए । उक्त कार्यक्रमको संयोजन नगरका शिक्षा अधिकृत मेदनीप्रसाद पाठक र सिंहदेवी आधारभूत विद्यालयका प्रअ डम्बरप्रसाद फुयाँलले गरेका थिए ।

कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव पीताम्बर गौतमले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेका थिए भने कनकाई माविका प्रअ कर्णबहादुर डाँगीले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षकत्रय तीर्थराज खरेल, भीमप्रसाद दाहाल र डिल्लीराम परदेशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here