‘मामा’ राजधानीमा पुरस्कृत

0
477

purwanchal
 बिर्तामोड,भदौ १९ । राष्ट्रिय खेलकुद परिषदले फुटबलका बरिष्ठ प्रशिक्षक भगिरथ आले ‘मामा’लाई बिहीबार राजधानीमा उत्कृष्ट फुटबल प्रशिक्षकका रुपमा पुरस्कृत गरेको छ ।
परिषदले ५१औँ वार्षिकोत्सवको अवसरमा बरिष्ठ फुटबल प्रशिक्षक आलेलाई ‘उत्कृष्ट प्रशिक्षक परिषद सेवा पुरस्कार’बाट नगद १५ हजारसहित पुरस्कृत गरेको हो । त्यस्तै, बरिष्ठ प्रशिक्षक आलेलाई राखेपले २० वर्ष काम गरेको भन्दै २० वर्ष सेवा पुरस्कारबाट सम्मानसमेत गरेको छ ।
झापा शनिश्चरे निवासी आलेले पुरस्कार तथा सम्मान ग्रहणपछि खेलकुद कर्मचारीको अन्तिम समयमा परिषदबाट पाएको सम्मानले कार्यक्षेत्रमा राम्रो काम गरेको अनुभूति दिलाएको प्रतिक्रिया दिए । राखेपले लामो समयसम्म खेलकुद क्षेत्रमा सेवा गरेवापत हेन्डबलका बरिष्ठ प्रशिक्षक हिमालराज दाहाल, एथलेटिक्सका प्रशिक्षक लोकप्रसाद ओलीलाई पनि ‘२० वर्ष सेवा पुरस्कार’बाट सम्मान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here