बिर्तामोड खानेपानीको १९ औं सभा र नयाँ भवन उद्घाटन

0
499

झापा ।

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाले शुक्रवार बिर्तामोडस्थित कार्यालय परिसरमा संस्थाको साधारणसभा सम्पन्न गरेको हो । सोही कार्यक्रमबाबीच संस्थाले नयाँ भवनमा कार्यालय स्थानान्तरण समेत गरेको छ ।

संस्थाले निर्माण गरेको नयाँ कार्यालय भवनबाट अबदेखि सेवा प्रदान गरिने संस्थाका कार्यालय प्रमुख खड्गराज गिरीले जानकारी दिए ।

संस्थाका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि खानेपानी मन्त्री उमाकान्त चौधरीले नवनिर्मित भवनको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि चौधरी, बिर्तामोड नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाको आर्थिक कारोबारको प्रतिवेदन संस्थाकी कोषाध्यक्ष शारदा रिजालले प्रस्तुत गरेको कार्यक्रममा अध्यक्ष गुरुङले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव मेघराज बाँस्तोलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here