“भाकसासं”को खुल्ला नृत्य प्रशिक्षण कार्यक्रम सम्पन्न

0
331

अर्जुनधारा ।

नृत्य विधामा रुची भएका बालबालिका र युवालाई लक्षित गरि भाषा, कला, साहित्य तथा संस्कृति उपभोक्ता समिति अर्जुनधारा–२को आयोजनामा सञ्चालन भएको खुल्ला नृत्य प्रशिक्षण सम्पन्न भएको छ ।

गत फागुन १४ गतेदेखि २८ गते सम्म वडा अन्र्तगत पाँच वटा टोलमा सञ्चालन भएको उक्त प्रशिक्षणमा ६ वर्षदेखि ४० वर्ष उमेर समूहका एक सय ५० जना बढीको सहभागिता रहेको समितिका संयोजक सन्तोष आलेले जानकारी दिए ।

उक्त प्रशिक्षणको लागि चालु आर्थिक वर्ष ०७८/०७९मा भाषा, कला, साहित्य तथा संस्कृति वडा समितिको शिर्षकबाट एक लाख २० हजार रुपैयाँ विनियोजन भएको बताइएको छ ।

सांस्कृतिकलगायतका नृत्यहरु बारे प्रशिक्षण दिइएको प्रशिक्षण कार्यक्रमको सहजिकरण प्रशिक्षकद्वय सारेगमप कला केन्द्रका कारियोग्राफरहरु सुजन समाल मगर र निशान्त माझीले गरेका थिए ।

यसैबीच उक्त खुल्ला नृत्य प्रशिक्षणको समापन कार्यक्रम शनिबार विविध कार्यक्रम गरि सम्पन्न भएको छ । भाषा, कला, साहित्य तथा संस्कृति वडा समितिका संयोजक सुगम नेम्वाङको अध्यक्षता र समितिकी नगर संयोजक सुशिला सुवेदीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य संयोजक आलेले गरेका थिए ।

सोही कार्यक्रममा अन्तर टोलस्तरिय नृत्य प्रतियोगिता सम्पन्न भएको थियो । आशिष मगर र लक्ष्मी मगर निर्णायक रहेको प्रतियोगितामा २ नम्बर टोल प्रथम र ३ नम्बर टोल द्वितीय भएको छ ।

त्यसैगरी कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक मानबहादुर उपरकोटीलाई सम्मानित गरिएको थियो । सारेगमप कला केन्द्रसँगै अर्जुनधारा डान्स एकाडेमी, दी वल्र्ड डान्स सेन्टरका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संयुक्तरुपमा सञ्चारकर्मी मदन भट्टराई र कोरियोग्राफर सुजन समाल मगरले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here