कानेपोखरीमा अन्तर वडास्तरीय प्रथम उपाध्यक्ष भलिवल प्रतियोगिता हुने

0
559

पथरीशनिश्चरे,

मोरङको कानेपोखरी गाउँपालिकामा अन्तर वडास्तरीय प्रथम उपाध्यक्ष भलिबल प्रतियोगिता २०७८ हुने भएको छ ।

कानेपोखरी खेलकुद परिषदको आयोजना र कानेपोखरी गाउँपालिकाले मुख्य सहयोग गरेको प्रतियोगिता चैत्र १६ गते बुधबार देखी १९ गते शनिबारसम्म सञ्चालन हुने आयोजक समितिले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

गाउँपालिका भित्रका ७ वटा वडाहरूले सहभागीता जनाउने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कानेपोखरी खेलकुद परिषदका अध्यक्ष चरण गुरुङले बताएका छन् ।

खेल अवधीभरिबाट अन्तिममा विधागत पुरस्कार तर्फको बेस्ट स्पाइकर, बेस्ट डिफेन्स, बेस्ट ब्लकर, बेस्ट लिफ्टर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने गुरुङले जानकारी दिएका हुन् ।

खेललाई सञ्चालन गर्न पालिकाको तर्फबाट विभिन्न खर्चको शिर्षकलाई विभाजन गरि ३ लाख १९ हजार ९ सय ४० रुपैयाँ छुट्याइएको आयोजक समितिका सचिव एविन पाठकले बताएका छन् ।

सोहि क्रममा पालिका उपाध्यक्ष राजमती इङ्नामले, कानेपोखरी भलिबल खेलका लागि अत्यन्तै संभावना बोकेको पालिका भएको बताउनु भयो। यस ठाउँबाट भलिबल खेलाडीहरु धर्म धिमाल, कुमार विष्ट, संकर धिमाल, जितेन्द्र धिमाल, उद्धव पौडेल लगायतकाले राष्ट्रिय टिमबाट परिचय दिइसकेको सुनाउनु भएको थियो ।

प्रतियोगिताको उद्घघाटन र समापन उपाध्यक्ष राजमती इङ्नामद्वारा गरिने पनि आयोजक समितिले बताएको छ । खेल कानेपोखरी ६ रमाइलो स्थित जनसेवाको माविको खेल मैदानमा हुनेछ ।

सो पत्रकार भेटघाट कार्यक्रममा खेलकुद परिषदका पदाधिकारीहरु, प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे, गोविन्द फुयल, वडाअध्यक्षहरु सुशील बुढाथोकी, मोहनप्रसाद अधिकारी, खडग बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here