माईजोगमाईमा नेकपा एस निकट १५५ शिक्षक एमालेमा समाहित

0
625

विमल दहाल, नयाँबजार ।

माईजोगमाई गाउँपालिकाका नेकपा एकीकृत समाजवादी निकट प्रगतिशिल राष्ट्रिय शिक्षक संगठनका सदस्यहरु नेकपा एमालेमा निकट नेपाल राष्ट्रिय शिक्षक संगठनमा समायोजन भएका छन ।

माईजोगमाई गाउँपालिका भरिका १५५ जना सहितको पूर्णसमिती नै एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन माइजोगमाई गाउँ कार्य समितिमा समायोजन भएको नेकपा एमाले माईजोगमाई गाँउपालिका उपसचिव अम्वर देवानले जानकारी दिनुभएको छ ।

माईजोगमाईको नयाँवजारमा शनिवार एक कार्यक्रमका विच नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष महेश बस्नेत, नेपाल राष्ट्रिय शिक्षक संगठन ईलाम अध्यक्ष लोक वहादुर थाङसुहाङ्ग, नेकपा एमाले माईजोगमाई गाउकमिटी अध्यक्ष खगेन्द्र घिमिरे लगायतले खादा तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

एकीकृत समाजवादी निकट प्रगतिशिल राष्ट्रिय शिक्षक संगठनका माईजोगमाई गाउपालिका संयोजक तथा केन्द्रिय सदस्य टीका देवि भण्डारी, प्रदेश कमिटी सदस्य ओम अधिकारी लगायत १५५ जना शिक्षक घरफर्क अभियान अन्तरगत एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनमा समायोजन भएको जानकारी दिएका थिए ।

यता भर्खरै प्रवेश गरेकी टीका देवि भण्डारीले नेपाल राष्ट्रिय शिक्षक संगठन जस्तो व्यापक नभएको , शिक्षकहरुको हकहित पूरा हुन्छ भन्ने विश्वास नभएको र नेपाल राष्ट्रिय शिक्षक संगठनमा नै भरोसा र विश्वास बढेकोले प्रवेश गरेको बताउनुभयो ।

त्यस्तै एकीकृत समाजवादी नेपाली काङ्ग्रेस लगायत अन्य पार्टी परित्याग गरी १५ जना एमालेमा प्रवेश गरेको उपसचिव देवानले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here