पानीमा डुबेर बालकको मृत्यु

0
477

सुनसरी ।

सुनसरीको इटहरी १५ आवाधि मधेसा स्थितमा रहेको पोखरीमा डुबेर बालकको मृत्यु भएको छ ।

अन्य बालकहरुसंगै खेल्दै घर नजिकै रहेको पोखरीमा पुगेका स्थानीय बच्चु चौधरीका पाँच बर्षीय छोरा रोहित चौधरी अचानक पोखरीमा डुबेको भन्ने खबर प्राप्त भएसंगै तत्काल उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here