बिक्री वितरणको लागि लैजाँदै गरेको दुई वटा हात्तीसहित पक्राउ

0
533

पर्सा ।

नेपालबाट भारततर्फ बिक्री वितरणको लागि लैजाँदै गरेको दुई वटा हात्ती सहित तीन जनालाई पकहामैनपुर गाउँपालिका–५ पोखरिया टोलबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१८ जितपुर बस्ने ६० वर्षीय बुदिराम महतो, सोही ठाउँ बस्ने ४० वर्षीय राजुकुमाल र पर्सा पकहामैनपुर गाउँपालिका५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन् ।

उक्त स्थानमा बिक्री वितरणको लागि हात्तीहरू लैजाँदै गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने कार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here