बाह्रदशीमा उदघोषण तालिम

१३ चैत्र २०७८, आईतवार मा प्रकाशित

झापा ।

मैथिल महिला समिति बाह्रदशी– ३ द्वारा आयोजित पाँच दिने उदघोषण तालिमको सम्पन्न भएको छ।

बाह्रदशी– ३ नम्बर वडाको आर्थिक सहयोगमा सञ्चालित तालिम राजगढ बजारस्थित सामुदायिक अध्ययन केन्द्रको भवनमा सञ्चालन गरिएको थियो।

तालिममा मैथिल समुदायका गृहिणी र छात्रा विद्यार्थीहरु सहित ४० जना महिलाहरुको सहभागिता रहेको थियो। ५ दिवसीय तालिमको सञ्चारकर्मी स्वस्तिका आचार्य र जेसीआई नेपाल टट ग्र्याजुएट हरिकृष्ण भण्डारीले सहजिकरण गरेका थिए।

बाह्रदशी–३ का वडाध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा वार्ड न २ वडा सदस्य प्रेमबहादुर घिमिरे, पशुपति माविका पूर्व प्रधानाध्यापक नन्द कुमार कुँवर, वडा नं ३ का सचिव शम्भुप्रसाद आचार्य, समाजसेवी ज्योतिष मण्डल, रविना ढकाल,समता कार्की, भीमा लामिछाने लगायतले तालिम मैथिल महिलाहरुको नेतृत्व र क्षमता विकासका लागि यस्ता तालिम प्रभावकारी हुने भन्दै वडाले बजेट विनियोजन गरेकोमा धन्यवाद व्यक्त गरेका थिए।

समितिकी अध्यक्ष बबितादेवी शाहको अध्यक्षता रहेको समापन कार्यक्रममा सहभागीहरूको तर्फबाट निशा मण्डल र साधना सुर्डीले तालिम फलदायी भएको प्रतिक्रिया दिएका थिए ।

समितिका कोषाध्यक्ष सुमिता ठाकुरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव पिंकी शाहले गरेकी थिइन् । समापन कार्यक्रममा समितिका सदस्यहरूले मैथिली भाषाका गीत, कविता र नृत्य प्रस्तुत गरेका थिए।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here