नेपाल बैंक अब आफ्नै भवनमा

0
1000

झापा, बैकिङ क्षेत्रमा विश्वव्यापी रुपमा सञ्चालनमा रहेको ‘ग्लोवल मनी विक’ को अवसर पारेर झापाको बिर्तामोडमा रहेको नेपाल बैंक लिमिटेडले आफ्नै नवनिर्मित भवनबाट सेवा सुचारु गरेको छ ।
बिर्तामोडस्थित शनिश्चरे रोडको पुरानै स्थानमा दुई करोड ८८ लाख रुपैयाँको लागतमा निर्मित अत्याधुनिक र सुविधा सम्पन्न भवनबाट सेवा प्रारभ गरेको हो ।

तस्बीर – रजनी पोखरेल

झापाकै पहिलो वैंकका रुपमा स्थापित नेपाल बैंकले २०२४ सालबाट सेवा प्रारम्भ गरेको थियो । सो समयमा सो स्थानमा करिवप ६ कठ्ठा जमिन प्राप्त गरेपनि भवन जीर्ण भएका कारण केही वर्षदेखि भाडाका भवनमा बसेर नेपाल बैंकले सेवा शुचारु गरेको थियो ।


नयाँ भवन निर्माण सम्पन्नसंगै बैंकले आइतवार बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्य तथा बैंकका प्रदेश प्रमुख सूर्य प्रकाश भट्टको विशेष आतिथ्यमा नयाँ भवनबाट सेवा सुचारु गरेको हो ।


सो समारोहमा वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, पूर्व अध्यक्ष तथा उद्योगपति राजेन्द्रकुमार थापा, व्यवसायी मोहन ढकालले नेपाल वैंकले विगतदेखि वर्तमानसम्म नेपाल वैंकले पु¥याएको सेवाको खुलेर प्रंशंसा गरेका थिए ।
कुनै पनि संकटको अवस्थामा अन्य कर्मसियल बैंक जस्तो उतारचडाव नआउने नेपाल बैंकले भावी दिनमा सर्वसाधारण जनताका लागि अझ लोकप्रिय भएर जान सकेस् भन्दै कार्यक्रमका वक्ताले शुभकामना दिएका थिए ।


नेपाल बैंक लिमिटेड बिर्तामोडका शाखा प्रवन्धक यामनाथ दाहालले बैंको सेवा सुविधाका विषयमा जानकारी गराउँदै वैंकमा हाल १७ हजार वचत कर्ता रहेको र २ हजार जनालाई कर्जा सुविधा उपलब्ध गराएको बताएका थिए । उनले नव निर्मित भवन सुविधा सम्पन्न रहेको र अत्याधुनिक एसी सहितको व्यस्थामा ग्राहकलाई सेवा प्रवाह गरिने बताएका छन् ।
झण्डै ११ हजार इस्क्वारफ्टि पार्किङको व्यवस्था सहित अपाङ्ग मैत्री भवन तयार भएकाले सबै सेवाग्राहीलाई नेपाल बैंकबाट सेवा लिन सहज हुने उनको भनाई छ ।

वैंकले आइतवारबाट नै लकर र क्रेडिटकार्ड सेवा सुचारु गरेको शाखा प्रवन्धक दाहालको भनाई छ ।
भवन उद्घाटन समारोहमा बिर्तामोडका व्यवसायीसहित इटहरी, विराटनगर, विराटचौक, दमक, सुरुङ्गा धुलावारी, काँकरभिट्टा लगायतका बैंकका शाखा प्रमुखहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बिर्तामोडका व्यवसायी महादेव इन्टरप्राइजेजका सञ्चालक भानु शिवाकोटी , खगेन्द्र खरेल, उद्योगी श्याम वंशल, सुनचाँदी व्यवसायी रमेश पोर्तेल लगायतका व्यवसायी सहभागी थिए ।
वैककी अफिसर अनिषा पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन वैंककी खजान्सी कमला चापागाईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here