एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज देशकै उत्कृष्ठ निर्यातकर्ता

0
569

झापा, झापाको अर्जुनधारामा रहेको एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज देशकै उत्कृष्ठ निर्यातकर्ता बन्न सफल भएको छ ।
एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजले पछिल्लो समय पूर्वी पहाडी जिल्लामा उत्पादित कृषिजन्य बस्तु अलैंची प्रशोधन गरी भारत लगायत तेस्रो देश निर्यात गर्दै आएको छ । स्वदेशमा अलैंची प्रशोधनको उद्योग स्थापना गरी निर्यात क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै इन्डष्ट्रिजलाई निर्यात व्यवसायी महासंघले सम्मान गरेको हो ।


महासंघको काठमाडौंमा सम्पन्न महाधिवेशनमा इन्डष्ट्रिजलाई प्रदान गरिएको सम्मान पत्र एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजका अध्यक्ष निर्मत भट्टराईले ग्रहण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई सम्मान पत्र प्रदान गरेका थिए ।
भट्टराई नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष समेत हुन् । झापाको बिर्तामोडका स्थायी वासिन्दा भट्टराई लामो समयदेखि अलैंची व्यवसाय सञ्चालन गर्दै आएका छन् । सामाजिक क्षेत्रमा समेत क्रियाशील भट्टराई विभिन्न संघ संस्थामा आवद्ध छन् ।
कृषिनजन्य वस्तुमध्ये सबैभन्दा मंहगोमा भारतीय बजारमा निर्यात हुने अलैंची प्रशोधनका लागि झापामा भट्टराई सहित चार जना युवाले उद्योग स्थापना गरेका थिए ।
७ करोड रुपैयाँ लगानी गर्दै अर्जुनधारा नगरपालिका–८ मा प्रालिको स्थापना गरिएको छ । उद्योग स्थापनामा व्यवसायी भट्टराई सहित सञ्जिव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्टले लगानी गरेका छन् ।
उद्योगले अहिले माउन्टेन पल्र्स, अलैंची पाउडर, अलैंची दाना र अलैंची गरी चार प्रकारका सामग्री उत्पादन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here