मस्तिष्क नियन्त्रणमा टेकनाथ रिजाल

२६ चैत्र २०७८, शनिबार मा प्रकाशित

अघिल्लो अंकमा लिखित सम्झौतामा हस्ताक्षर गराउन लगाएपछि यो सर्तको अवज्ञाबारे उनलाई जन्मकैद गर्नेसम्मको आदेश थियो । यस सँगसँगै टेकनाथ रिजाललाई उनका तीन छोराले अब उप्रान्त सरकारी विद्यालयमा पढ्न नपाउने मौखिक जानकारी समेत गराइयो । टेकनाथ रिजालले विगत दुई दशकदेखि जनताको काममा थिए । जिम्मेवारी जनप्रतिनिधिका रुपमा उनले यो सम्झौताको कतै पनि प्रचार गरेनन् । भुटानमा कसरुी राजनीतिक बन्दीलाई यातना दिइन्थ्यो र गरिन्थ्यो भन्ने बारेमा टेकनाथ रिजाललाई राम्ररी थाह थियो । त्यसैले आफ्नो सुरक्षाको बारेमा उनी चिन्तित बने । उनले भुटानलाई छोडेर गौकारी गए । त्यतिबेला दार्जिलिङको गोर्खालाण्ड उत्कर्षमा थियो । त्यसैले उनी झापाको बिर्तामोड आए ।

नेपालमा आश्रय लिएपछि टेकनाथ रिजालले पनि पिपुल्स फोरम फुटहरु मन राइटस इन भुटान मानव अधिकार सार्वजनिक भुटान स्थापना गरे । भुटान राजा भने टेकनाथ रिजाललाई जसरी भए पनि भुटान ल्याएर यातना दिने योजनामा थिए । यो काम उनका एडी.स भी न्यायालयलाई दिए । उनले अपहरणको षडयन्त्रकारी योजना बनाई रिजाललाई १६ नोभेम्बर सन् १९८९ मा रिजाल आफ्नो अस्थायी निवास बिर्तामोडबाट दई सहकर्मी सुशील पोखरेल र जागेन गजमेरसँगै अपहरणमा परे । ती तीनै जनालाई भुटानको थिम्पु पु¥याइयो । थिम्पुमा टेकनाथ रिजालाई मोटीथानको विशिष्ट कक्ष्मा लगेर राखियो । त्यस गेष्टहाउसमा राखेको दोस्रो रात टेकनाथ रिजालले पहिलोपटक आफ्नो दिमागमा गुनगुन आवाज आएको सुनेका थिए । यस्तो आवाज एउटा रेडियो टान्जिष्टिरबाट आउने आवाज जस्तो सुनेका थिए । यसबाट उनी डराएनन् । तर, केही उपकरण उनीमाथि जडान गरिएको अनुभूति भयो । सन् १९८७ मा जब राष्ट्रव्यापी छानविन १९८४ मा सकिने क्रममा थियो । राजाले उनलाई एक उच्च परिस्कृष्ट रेडियो टेप उपहार दिए । त्यो रेडियो । आफै खुल्ने र बन्द हुने प्रणाली थियो । यही रेडियोलाई निश्चित समयमा कुनै कार्यक्रम सुन्न सेट गरियो । तर, विद्युत बन्द भयो भने पनि उक्त कार्यक्रम रेकर्ड हुन्थ्यो र पुनः विद्युत आपूर्ति पश्चात सो कार्यक्रम सुन्न सकिन्थ्यो । एक व्यक्तिले टेकनाथ रिजालको घर जाँदा एउटै टुइनवान रेडियो नसुन्न सल्लाह दिए । किनकि यसले घरमा भएको वार्तालापको पनि निगरानी गर्न सक्थ्यो । त्यो गेष्टहाउसमा टेकनाथ रिजाललाई तीन दिन राखियो ।

पहिलो रात उनलाई थिम्पो टि.बी. टावर लगियो एउटा कोठामा थुनियो । अर्कोपल्ट उनलाई टेलिफोन एक्सचेञ्ज अफिसमा लगियो । त्यहाँ एकरात राखियो । यस्ता ठाउँमा लगेर टेकनाथ रिजाललाई जहाँ इ.एल.एफ. अति न्यूनफ्रिक्वेन्सी किरण प्रभावित हुुन्छ यस्ता ठाउँमा उनलाई रात बिताउनु भनेको मस्तिष्क नियन्त्रणका लागि इ.एल.एफ. तरंगको वर्षा गराइएको प्रमाणहरु प्रशस्त छन् । बीस दिनपछि टेकनाथ रिजाल उनका दुई साथीहरु सुशील पोखरेल र जोगेन गजमेरलाई सैनिक मुख्यालयको गेस्टहाउसमा एक हप्ताका लागि लगियो । त्यसपछि टेकनाथ रिजाललाई राबुना सैनिक जेलमा पठाइयो । त्यसपछि उनलाई सबै यातनाहरु दिइयो र दश वर्षका लागि जेलमा राखियो । त्यहाँ उनलाई सामान्य अन्य कैदीहरु सरह थिएन । उनका हात र खुट्टा गह्रौं साङ्लाले बाँधिएको थियो र उनको दिमाग पहिले नै इ.एल.एफ विकीरणले नियन्त्रित थियो । त्यही गेष्टहाउसमा राजीव गान्धी आफ्ना परिवारका साथ बसेका थिए भने पश्चिम बंगालका मुख्यमन्त्री ज्योतिर्वसु पनि त्यही बसेका थिए । इन्दिरा गान्धीले सन् १९८० पश्चात भुटानप्रति रुखो मनिस्थिति राखेकी थिइन् । तथापि चौथो राजा र भारतीय प्रधानमन्त्री राजीव गान्धीबीच सन् १९८५ मा भुटानको भ्रमणपछि अत्यन्त नजिकको मित्रता विकसित भएको थियो । भुटानमा शाही अंगरक्षकले राजाको प्रत्यक्ष आदेशमा व्यक्तिहरुलाई यातना दिने गर्छन् । रसायन छर्किएका ट्याबलेट दिने गर्छन् । त्यो झोलको रुपमा पनि हुन्थ्यो । भुटान धेरै हदसम्म भारतमाथि आश्रित छ र भुटानी सैनिक प्रहरी सार्वजनिक प्रशासक वैदेशिक सेवाका व्यक्तिहरु उनीहरुका भारतीय समकक्षीहरुबाट प्रशिक्षित छन् ।

टेकनाथ रिजालले २००१ मा भारतको नयाँदिल्लीस्थित एउटा अस्पतालमा उपचार गर्न गए । उनलाई दण्ड नदिइँदासम्म लगातार दश वर्ष इ.सं. १९८९÷१९९९ मा हरेक दिन ४० खिल्ली चुरोट पिउन दबाब दिएको र त्यो अस्वीकार गरेमा खानाबाट वञ्चित गरिएको तथ्यबाट प्रमाणित हुन्छ । टेकनाथ रिजालमाथि मस्तिष्क नियन्त्रणका विधिहरु प्रयोग गरिएको देखाउने प्रशस्त प्रमाणहरु छन् । जुलमा औषधिको वितरण तालिम प्राप्त कमाण्डरहरुले गर्नुपर्नेमा त्यो काम शिकारु प्रहरीले गर्थे । टेकनाथ रिजाल लगायतका बन्दीहरुलाई दिने ट्याबलेट वितरण गर्नुभन्दा अगाडि नै रसायन छर्केको कयौंपटक देखेका थिए । टेकनाथ रिजालका शरीरका अधिकांश भागहरुको काम गर्न नसक्ने पनि प्रमाणित हुन्छ । इ.सं. १९९७ को नोभेम्बर डिसेम्बरमा रिजालले गरेको भोक हड्तालसँग सम्बन्धित अर्को घटना पनि छ । सन् १९९७ जुलाईमा भारतको दिल्लीमा तीन दिने सम्मेलन पिपुल्स कन्फेन्स अन भुटानमा आयोजना गरिएको थियो । बंगलादेश, बर्मा, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाबाट ठूलो सख्यामा संसदका सदस्यहरु र केही मन्त्रीहरु समेत सर्वोच्च अदालतका न्यायाधिशहरु र अन्य बौद्धिक व्यक्तिहरु उक्त भेलामा सहभागी थिए । धेरैजसो सहभागीले भारतको भुटान नीतिका बारेमा प्रचार गरे । यसले राजामाथि ठूलो दबाब प¥यो । किनकि त्यहीबेला भुटानलाई दक्षिण एशियाकै दर्जन राष्ट्रहरुमा चित्रण गरिएको थियो । त्यसले राजा स्वयम्को बदनामी भएको थियो । त्यसैले त्यो सम्मेलनपछि भुटानी शासकले रिजालको रिमागमा भोक हड्तालबीचको आरोप ग¥यो ।

टेकनाथ रिजालले २७ दिन भोक हड्ताल गरे पनि उनी सकुशल रहे । उनलाई स्लाइन पानी चढाइयो । त्यो स्लाइन पानीमा पनि केमिकल मिसाएको थियो । टेकनाथ रिजालमा प्रयोग गरिएका रेडियो तरंग वार्सियन खाडी युद्धमा अपनाएको पुष्टि हुन्छ । मस्तिष्क नियन्त्रणको चङ्गुलमा फस्नुभन्दा अगाडि उनी धार्मिक व्यक्ति थिए । तर, आज उनले धार्मिक रीतिरिवाज र संस्कार, उत्साह, उमँग, जोस पूर्णरुपमा गुमाएका छन् । यो सबै उनलको मस्तिष्क नियन्त्रणको परिणाम हो । वास्तवमा टेकनाथ रिजाल मात्र नभएर पछिका महत्वपूर्ण नेताहरु मस्तिष्क नियन्त्रणको प्रविधिको शिकार भएका थिए । तर, त्यहाँ कसैले नियन्त्रण भएको महशुस गरेनन् । टेकनाथ रिजाल राज्यविहीन भएका छन् । जसको शरणार्थी स्थिति पनि छैन र कतै जाने ठाउँ पनि छैन । उनले विस्तृतरुपमा भुटानको जेलमा भोगेका यातनाबारे टेर्वरविलिङभी साफ्ले पुस्तकमा लेखेका छन् । त्यो पुस्तक डब्लुडम्लुडब्लु डट माइण्ड जष्टिडाइटओआर्जीमा उपलब्ध छ । भुटानमा अन्तर्राष्ट्रिय दबाबका कारण राजा जिङवेसिङ्वे वाङचुङले दश वर्षपछि रिहा गर्न बाध्य भए, तर त्यस समयमा पनि घीनलाग्दो चाल चाल्न पछि परेनन् । टेकनाथ रिजाल निर्दोष भएकाले रिहा गरिएको घोषणा गरे । अचानक १७ डिसेम्बर १९९८ मा प्रहरीले टेकनाथ रिजाललाई एउटा होटलमा लगेर होटलका मेचेजरलाई हामीले यहाँका लागि नयाँ पाहुना ल्याएका छौं र उनले नै होटलको पैसा तिर्ने छन् भने तर टेकनाथ रिजालसँग भने पैसा थिएन । उनी संकटमा परे र अन्यत्र जान कागजपत्र पनि थिएन । पैसा नभएकै कारण उनलाई होटलमा बस्न दिइएन ।

उनी झोला लिएर सडकमा आए । एउटा रित्तो बसमा रात बिताए । त्यहाँ पनि उनलाई प्रहरीले अवरोध ग¥यो । जब उनले मलाई जेलमा लैजाउ मन त्यहाँ सुत्न सकुँ भने अनि मात्र प्रहरीहरु त्यहाँबाट हटे । अर्को दिन उनलाई अरु समस्या भयो । उनी जाने ठाउँ कतै थिएन । उनी जुन होटलमा प्रवेश गर्थे । प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा त्यो होटल होइन भनिन्थ्यो । विगतमा उनले सहयोग गरेका साथीहरुले समेत कुराकानी इन्कार गरे । दुई महिनापछि एमनेष्टी इन्टरनेशनलले भुटानमा सम्पर्क ग¥यो । एमनेष्टी इन्टरनेशनलको मध्यस्ततामा उनकी श्रीमती भुटान पुगिन । टेकनाथ रिजाललाई दिइएको रसायनको नकारात्मक असर साथसाथै इएलएफको प्रभावका कारण पूर्णरुपमा परिवर्तन भएका रिजाललाई देखेर कौशिला अचम्भित भइन् । एमनेष्टी इन्टरनेशनलको मध्यस्ततामा रिजाललाई उपचारका लागि भारत जाने अनुमति दिइयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here