राजाका नयाँ पोशाक

२६ चैत्र २०७८, शनिबार मा प्रकाशित

‘सकारात्मक सोच सफलताको कडी हो’ भन्ने मान्यताका साथ कर्म गर्नुपर्छ । भूतकालको सामाजिक, शैक्षिक, भौतिक, आध्यात्मिक विषयहरु हाम्रा मार्गदर्शन सावित हुन्छन् । पछाडि हेर्दै वर्तमानलाई सुमार्गमा लाग्नु भविष्यको सफलता हो । यही शिलशिलामा यो कलमले एसएलसीको कोर्षमा पढेका अंग्रेजीको पाठ भ्mउभचष्यच ल्भध ऋयितज (राजाका नयाँ पोशाक) भन्ने पाठ आजको भौतिक जगतमा अत्यन्त सान्दर्भिक देखिन्छ ।

एकादेशका राजा नयाँ पोशाकका सौखिन थिए । दिनहूँ भेष बदल्नु उनको काम हुन्थ्यो । आज म कस्तो भएँ ? भनेर सबैका अगाडि उच्च स्थानमा रहने राजाको अभिलाषा एकखालको ढंगले थाह पाएँ । दरवारमा आएर चिप्लो घस्दै हामीले बनाएको पोसाक लगाउँदा राजा उच्चकोटीको हुने सन्दर्भ ल्याएर ‘आफूहरुले बुनेको तानको कपडा महामानवले मात्र देख्न सक्छ । कमजोर, असफल मान्छेहरुले तानको कपडा देख्न सक्दैनन्’ भन्दै तान बुन्ने नाटक मञ्चन गरे । राजा भाइ, भारदारले उच्च कोटीको त्यो कपडा बुन्ने र राजालाई पहि¥याउने कुरा पास गरे ।

राजाले राम्रो उपहार समेत दिने वचन दिएर राजमहलको एक कोठामा तान लगाउने भनी कार्यारम्भ भयो । नाटकीय ढङ्गले तान यताउता गरेको अभिनय हेर्न मन्त्री, भारदार, सचिवहरु जान्थे र भन्दै निस्कन्थे– ‘निकै राम्रा कपडा तयारी हुँदैछन् ।’ देखिन भन्नासाथ कमजोर र असफल ठानिने हुनाले राम्ररी कपडाको प्रशंसा गर्थे ।

नभन्दै निकै दिनको प्रयासपछि कपडा तयार भएको घोषणा गरी राजालाई नयाँ कपडा पहिरने काम भयो । यताउताबाट क्या खुल्यो भनियो, राजा स्वयम्ले त झन् देखिएन भन्नै मिलेन । नयाँ पोशाक ठूलो प्रयत्नले लगाइ दिएको अभिनय गर्दै ठगहरु उपहार लिएर राज्यबाट बाहिरिए । अब राजाको शोभायात्रा रथबाट शुरु भयो । शहरका मानिसहरु पनि पोशाकको प्रशंसा नै गर्थे, तर अफसोच शहरको बाटोमा एउटा सानो बालकले राजातिर हेरेर, ‘राजा किन नाङ्गै ?’ गम्भीर प्रश्न ग¥यो । बच्चा साँच्चै ईश्वर हो, उसले अभिनय गरेन । राजालाई तुरुन्त दरबार भित्र्याइयो ।

अंग्रेजीमा यो कथा पढ्दा त्यति ख्याल भएन, तर आज झण्डै पाँच दशकपछि अत्यन्त व्यवहारिक प्रसङ्ग भएको थाह भयो । किनभने हामी सर्वसाधारणले नेता छान्छौँ, अनि अभिर र मालाको हर्षबढाइँ गर्छौँ । यति गर्छौँ कि नेतालाई बेहोस पारेर उकास्छौँ । हाम्रा पार्टीका यी नेताको बयान गर्न हजार जिब्रा भएका शेषनागले पनि सक्दैनन्, हामी कसरी सक्छौँसम्म भन्न पछि पर्दैनौँ ।

कठै ! माला ! फूल आफैँमा पवित्र वस्तु, सुगन्ध फैलाएर वातावरण स्वच्छ, सुन्दर र स्वस्थ बनाउने प्राकृतिक वरदानलाई टपक्क टिपेर त्यो अपराध, हत्या, हिंसा, षड्यन्त्र, लुटतन्त्र गरेर पुस्तौनी सम्पत्ति जोड्ने गलामा आटिनआटी लगाई दिन्छौँ । अनि रातो अभिरले सनक्क छोपेर त्यो कलुषित दिमागलाई गोल बनाई दिन्छौँ । नेताका नातागोता, कूलकुटुम्ब, इष्टमित्र, छरछिमेक सबै प्रशंसा मात्र गर्छौँ, तर हामीलाई गोलखाडीमा भसाएको पत्तै पाउँदैनौँ । यदि त्यो पवित्र फूलमालामा बोल्ने शक्ति थियो भने ‘मुर्दावाद’ भन्ने थिए । गलामा मडारिने थिए, धिक्कार्ने थिए । तर बोटबाट टपक्क टिपेर गुथेर अपराधीको मान–सम्मान बढाउन शोभा दिँदा कठै फूललाई कति कठिन होला ।

फलानाले जित्यो रे, पत्रिकाका मुख्यपृष्ठमा ठूला अक्षरमा ‘बधाई’, फोटो अनि हँसीमुख । काम त शुरु भएकै छैन । कर्म गर्नु अगाडि नै किन यत्रो प्रशंसा ! पहिला उसले दिने योगदान हेर्न किन नभ्याएको ? ऊ त विचेत भयो नै, हामी किन विचेत भएका ? फूलका माला, अविर, खादा, दोसल्लाको किन यत्रो बेइज्जत गरे गराएको ? प्रश्नै प्रश्नको खात लागेको आजको हाम्रो परिवेशमा यो कथालाई जोडेर मार्गदर्शन गर्न पाए तै मन शान्त हुन्थ्यो कि ?

भारत बर्षका वर्तमान प्रधानमन्त्री कुर्था–शुरुवाल र खास्टो ओढेर सदनको उद्घाटन गर्छन् । तर। हाम्रा नेता भनाउँदाहरु दौरा–सुरुवाल समेत लाउँदैनन् ? ‘सादा जीवन उच्च विचार’ भएका अगुवा हामीले कहिले पाउने ? हे नेपाल माता ! जसले बाटो देखाउनुपर्ने हो, उसैले बाटो विराएको टुलुटुलु हेर्नु हाम्रो रहर हो कि बाध्यता ? पूर्वीय दर्शनलाई चटक्क माया मारेर हामी पश्चिमी सभ्यतामा उक्लन अभ्यास गरेका त हैनौँ ? एकपटक छातीमा हात राखेर आँखा बन्द गरी सोचौँ त । हाम्रो गन्तव्य कता ! हालको अर्ध मिश्रित सभ्यतालाई सलाम ।

अन्त्यमा संस्कार, संस्कृति, भाषाभूषा, रहनसहन, चालचलन, शिक्षादिक्षा, खानपिन, मायाममता, सद्भाव, प्रेम स्नेहसहित सम्पूर्ण क्रियाकलाप विगतकै ठीक रहेछन् जस्तो लाग्छ । एकपटक स्वच्छ दिमागले सोचौँ । सबैलाई चेतना भया ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here