श्वेताः सामाजिक संजालमा सनसनी

२७ चैत्र २०७८, आईतवार मा प्रकाशित

भोेजपुरी अभिनेत्री श्वेता शर्मा सामाजिक सञ्जाल सेन्सेसन बनेकी छिन् । श्वेताले सामाजिक सञ्जालमा दिनहुँ ग्ल्यामरस तस्वीर शेयर गरिरहेकी छिन्, जसका कारण उनको फ्यानसँग राम्रो सम्बन्ध निर्माण भइरहेको छ ।

फेरि एकपटक यी भोजपुरी नायिकाले सामाजिक सञ्जालमा तस्वीर शेयर गरेर सबैको मुटुको धड्कन बढाएकी छिन् । पछिल्लो तस्विरहरूमा, श्वेता आफ्नो टोन्ड फिगर देखाइरहेकी छिन् । श्वेता शर्मा रिभिलिङ ब्रा–बेज प्यान्टमा निकै आकर्षक देखिएकी छिन् । श्वेताले ब्रा–प्यान्टसँग हल्का मेकअप गरेकी छिन् । यसबाहेक घाँटीमा पातलो लेयर भएको नेकपिस लगाएकी छिन् । आफूलाई सुपर ग्ल्यामरस देखाउन श्वेताले आफ्नो कपाल खुला छोडेकी छिन् ।
श्वेताका यी तस्विरहरूबाट एउटा कुरा प्रष्ट हुन्छ कि उनी फेसन एक्सपेरिमेन्ट गर्नमा निकै माहिर छिन् । तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्– ‘मनमाथि शासन गर, नत्रत्यसले तिमीमाथि शासन गर्नेछ ।’

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here