ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

0
598

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका- ७ स्थित मेची राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

ताप्लेजुङबाट फिदिम तर्फ आउदै गरेको ना।२ख ८३१६ नम्वरको ट्रक अनियन्त्रित भई सडकको भित्तामा ठक्कर लागि सडकमा पल्टी दुर्घटना हुँदा ट्रकले च्यापिई चालक पाँचथर फालेलुङ गाउँपालिका १ का २७ बर्षीय प्रेम कुमार गौलीको घटना स्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा तत्काल जिल्ला प्रहरी कार्याल पाँचथरबाट प्रहरी टोली खटि ट्रकलाई जेसिविको सहयोगमा उठाई मृतक लाशको कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here