थम्प्सन:नेपालका लागि नयाँ अमेरिकी राजदूत सिफारिस

0
403

अमेरिकी राष्ट्रपति जो बाइडेनले डीन आर थम्प्सनलाई नेपालका लागि अमेरिकी राजदूतमा सिफारिस गरेका छन् ।

थम्प्सन अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी हुन् । उनी हाल विदेश मन्त्रालयको दक्षिण र मध्य एसिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिवको रूपमा काम गरिरहेका छन् ।

उनी सन् २०२० देखि सन् २०२१ सम्म कार्यबाहक सहायक सचिव थिए । थम्प्सन भारतको कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासमा महावाणिज्य दूतको रुपमा सेवा गरिसकेका छन् ।

अंग्रेजीबाहेक उनी रोमानियाली र बंगाली भाषामा दख्खल राख्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here