अब वस्तु निर्यात गर्ने कि पैसा ?

0
477

ओम कृष्ण विमली

हाम्रो देशको हावापानी ,भूगोल र माटोसँग मेल खाने आर्थिक उन्नतिको आधार बलियो भए देश
सम्वृद्ध बन्नेमा कुनै दुई मत छैन । अबका दिन भाषणले होइन कामले प्रमाणित गर्ने दिन आएको छ ।
हाम्रो देशको आर्थिक अवस्था कमजोर अर्थतन्त्र भएको मुलुकको रुपमा स्थापित हुँदै आएको रुपमा परिचित
हुन थाल्यो । जसका कारण बैँकिङ्ग प्रणाली अस्तव्यस्त अवस्थामा पुग्दै छ । जनता उत्पादनसँग जोडिन
पर्नेमा उपभोक्ताका रुपमा विकसित हुँदैछन्। जनताको क्रय शक्ति एकदम कमजोर भएर जाँदैछ । देश
विकासले गति लिन सकेको छैन । सरकार करको दर बढाउन व्यस्त छ । आयकरको मुख्य स्रोत राज्यले
भन्सारलाई प्रमुख माध्यम सम्झेको छ । धेरै राजस्व संकलन गर्ने र भन्सारलाई नै तोकेर राजस्व उठाउनु
पर्ने बाध्यता छ । यो राम्रो लक्ष्यण होइन । एकमात्र स्रोत वैदेशिक रोजगारीमा जाने युवा जनशक्तिको
मेहनत र परिश्रमले देशको सम्पूर्ण व्यापार घाटाको व्ययभार थामेको छ । यस्तै प्रकारले युवा जनशक्ति
विदेश पलायन हुने अवस्था, चुलिएको व्यापार घाटालाई नियन्त्रण नगर्ने र हाम्रा हराभरा जमिन यसरी
बाँझो राख्ने प्रवृत्ति बढ्दै गएमा एक दिन हाम्रो सामु ठूलो पहाडको चुनौती थपिने छ । जसलाई पन्छाएर
हामी अगाडी बढ्न सक्दैनौँ । त्यसैले समयमा नै सम्पूर्ण उद्योगी ,व्यापारी र सरकारले अब देशको बारेमा
सोच्ने होकी आफ्नो व्यक्तिगत स्वार्थलाई मात्र अगाडी बढाउने हो । सबैभन्दा पहिला राष्ट्र र राज्यको
लागि सोचौँ , राष्ट्र सम्वृद्ध भए राज्य भित्रका तमाम उद्योगधन्दा चलायमान हुन्छन् । जनताको लागि
रोजगारी श्रृजना हुन्छ ।जसका कारण सम्पूर्ण जनताको क्रय शक्ति बढ्ने छ । यस विषयमा अब खुल्ला
बहस गर्ने वेला आयो ।

देशको आर्थिक यस्तो अवस्था छ कि मन कटक्क कुडिएर आउँछ ,धुरुधुरु बसेर रुन मन लाग्छ । यि
दिन आउन प्रमुख दोषी को र किन निम्त्यो आज आर्थिक अभाव अहिले यो अवस्था देशले नै भोगिरहेको
छ । मारमा परेका उद्योगी ,व्यापारी र जनताहरु मुक दर्शक छन्। बैँकमा निक्षेप झन अभावले अहिले
देशको आर्थिक अवस्था झन विकराल बन्न पुगेको छ । बैँकका कर्मचारी झोला बोकेर घर दैलो गरेको
गरेकै छन्। यसको जड सूत्र पत्ता लगाई दीर्घकालीन समाधान खोज्नु पर्यो कारण केके छन्र समाधानका
उपाय के हुन?

सम्पूर्ण विषय केलाएर हेर्दा देश टाट पल्टने स्थितिमध्येको देशसँग वैदेशिक मुद्राको अभाव वा वैदेशिक
मुद्रा आउने बाटो कम्जोडि हुनु हो । हामी जति नै धनी भए पनि जब देशमा वैदेशिक मुद्रा सञ्चिति
हुँदैन त्यस देशको अर्थतन्त्र धरासायी हुँदै जान्छ । अत्यावश्यक र दैनिक उपभोग्य वस्तु आयात गर्न
सक्दैन । हाम्रो देशको अर्थतन्त्रको वैदेशिक मुद्रा डलर सञ्चितीका दुईवटा बाटा मात्र छ । १. निर्यात
व्यापार – जुन आयातको तुलानामा नगन्य मात्रामा छ । हामी पैसा निर्यात गरेर सामान आयात गर्नेमा
ठूलो धनराशि खर्च गरेका छौँ ,जुन कुराले देशको अर्थतन्त्रलाई कमजोरमात्र होइन सधै भरि धरासायी
बनाई रहेको हुन्छ । हाम्रो जमिन,जल ,जङगल र खनिज वस्तुको सदुपयोग गर्न नसक्नु देशभित्र उत्पादन
गर्न सकिने वस्तुहरुको आयात गर्न सरकारले रोक्न र उत्पादनमा प्रोत्साहन गर्न नसक्नु ,मुख्य कारण हो
। जबसम्म किसानले उत्पादन गरेका वस्तु हामी उपभोग गर्ने बानी बसाल्दैनौ वा २,४ रुपैयाँको लोभमा
सस्तोको लागि दोस्रो वा तेस्रो मुलुकको वस्तुमा निर्भर गर्दछौँ । हामी सधैँ पछाडी परी राखेका हुनेछौँ ।
किसानको हातमा रुपैयाँ पु¥याउनु भनेको क्रय शक्ति र उपभोक्ता बढाउनु हो । यो विषय महत्वपूर्ण र
एकदम आवश्यक छ । माथि उल्लेखित जमिनको उत्पादन ,जलको आवश्यक्ता र खनिज पदार्थको खोनि
गरी स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग धन्दा खोली आत्मनिर्भर भै निर्यात गर्न सके देशको चाडै
उन्नति हुने छ । साथै किसान ,उद्योगीबीच सम्बन्ध र आवश्यकता बढ्ने छ । स्वदेशमा रोजगारीको
सृजना गर्न सकिने छ । राज्यले यि सबै कामको लागि किसानलाई अनुदान,उद्योग् िर निर्यातकर्तालाई
प्रोत्साहन र सम्मान दिन सक्नु पर्दछ । झन्झटीलो प्रकृयालाई हटाउनु आजको आवश्यकता हो ।
२. वैदेशिक रोजगारीमा गएका हाम्रा नेपाली युवाले पठाएको रेमिट्यान्स सबैभन्दा ठूलो विदेशी मुद्राको
स्रोत हो । लगभग १० अरब अमेरिकी डलर भन्दा माथि यो पेसामा आबद्ध युवाले संकलन गर्ने गरेको छ
। सो रकम भनेको हाम्रो विदेशी सामान आयात गर्दा सम्पूर्ण रकम खर्च हुने गरेको छ । यति ठूलो
रकमलाई हामीले किन स्वदेशको उद्योगधन्दा ,रोजगारी र आधुनिक कृषि प्रणालीमा खर्च गर्न सकेनौ ।
कमसेकम अति आवश्यक वस्तु बाहेक अन्य आयातमा कटौती गर्न सके आधा रकम हामी बचाउन
सक्नेछौँ र उत्पादन र रोजगारी क्षेत्रको विकासमा खर्च गर्न सके यसले भविश्यमा देशको लागि र सम्पूर्ण
क्षेत्रका व्यवसायीहरुका लागि दूरगामी अर्थ राख्ने छ र प्रगती पथको बाटो खोलिने छ । जसको लागि
उत्पादन–आत्मनिर्भरता–निकासी महत्वपूर्ण विषय बन्ने छ ।
धन्यवाद !

                                                                                                                     अध्यक्ष

                                                                                                     चेम्बर अफ कमर्श,झापा तथा
                                                                                                                     सदस्य
                                                                                                               केन्द्रीय कार्य समिति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here