धार्मिक महोत्सव शुरु

0
681

अर्जुनधारा,
झापाको अर्जुनधारा ७ स्थित पाराखोपीको डाङग्रे बाबा सेतीदेबी पाथिभरा माता धाममा आयोजना भएको तीन दिने धार्मिक महोत्सवको उद्घाटन भएको छ ।

आइतवार (आज) बिशेष पुजा अर्चना सांस्कृतिक झाँकीसहितको र्यालीले नगर परिक्रमा गरी महोत्सवको उद्घाटन भएको हो । उक्त महोत्सवबको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि हरिकुमार रानाले उद्घाटन गरेका हुन् ।

डाङग्रे बाबा सेतीदेबी पाथिभरा माता धाम संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर मगर (काली) को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जग्गादाता, पूर्व अध्यक्ष, गुरु र मातालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा धाम उत्पतिकर्ता गुरु विकास राई, देवीस्थान स्थापनाकर्ता माता कल्पना काफ्ले पौडेल, जग्गादाता चन्द्रबहादुर तामाङ तथा परिवार, सावित्रा ढकाल, इन्द्रजित चौधरी, मोहन ढकाल र धामका पूर्व अध्यक्ष राजेन्द्र काफ्लेलाई सम्मान गरिएको थियो ।

महोत्सव उद्घाटन कार्यक्रममा सारेगमप कलाकेन्द्र, मेचे, तामाङ, थारु, लिम्बु, धिमाल, नेवार, मगर, सन्थाल, सुनवार, प्रगति महिला समुहको संगिनी, सारेगमप कलाकेन्द्रको मारुनी नृत्युलगायत सांगेतिक प्रस्तुती रहेको थियो ।

महोत्सवको औचित्य तथा स्वागत पूर्व अध्यक्ष राजेन्द्र काफ्लेले गरेको कार्यक्रममा गायक तथा संगितकार सन्तोष आलेले अर्जुनधारा प्यारो नगर गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि राना, अगुवा नागरिक भास्कर काफ्ले, अर्जुनधारा–१० का वडाअध्यक्ष बलदेवसिंह गोम्देन, नेपाल राष्ट्रिय धामी तथा बैद्य संघका अध्यक्ष सिताराम पुरी, महोत्सव मुल आयोजक समितिका संयोजक दिपेन्द्र ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन मुल आयोजक समिति सचिब अमित खम्बु र सोफिया लिम्बुले संयुक्त रुपमा गरेका थिए ।

महोत्सव आगामी चैत २९ गते समापन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here