चिल्ड्रेनका विद्यार्थीलाई कफीको महत्वबारे जानकारी

0
594

बिर्तामोड ।

कफी ब्यवसायले पछिल्लो समय नेपालमा प्राथमिकता पाएसंगै कफिको विकास र प्रर्वद्धनका लागि विभिन्न कार्यक्रमहरु हुँदै आएका छन् । पूर्वी नेपालमा पनि ब्यवसायीक रुपमा कफि खेति हुन थालेको छ भने शहरी क्षेत्रमा कफि सपहरु धमाधम सञ्चालनमा आउन थालेका छन् ।

यसैबीच झापाको बिर्तामोड–१ मा रहेको चिल्ड्रेन इन्भारोमेन्ट विद्यालयका विद्यार्थीलाई कफी सपको भ्रमण गराइएको छ । विद्यालयका कक्षा–८ मा अध्ययनरत ४२ जनाभन्दा धेरै विद्यार्थीलाई बिर्तामोडको थर्ड होम क्याफेको भ्रमण गराइएको विद्यालयका इसीए को–अर्डिनेटर डीआर शर्माले जानकारी दिए ।

पछिल्लो समय शौख तथा स्वास्थ्यका लागि कफी पिउने संस्कार बढ्दै गइरहेका बेला विद्यार्थीलाई कफीको महत्व र विशषेता दर्शाउदैं विद्यार्थीहरुको ब्यक्तित्व विकास र ब्यवसायीक ज्ञान दिने उद्धेश्यले क्याफेका सञ्चालक राम तिवारीले विद्यार्थी कफिको उत्पत्ति, विकासका साथै कफीका विभिन्न स्वादसहित प्रकारका बारेमा प्रकाश पारेका थिए ।

अवलोकन भ्रमण अत्यन्त फदलायी बनेको विद्यार्थीहरु दिया पौडेल, गरिमा धमाला लगायतले बताए । उनीहरुले कफीका विषयमा धेरै जान्ने मौका मिलेको उल्लेख गरे । भ्रमणमा शिक्षकहरु नारद पौडेल, शरण राजवंशी, विद्यालयका सेकेण्डरी इन्चार्ज डीएन लुईटेल लगायतका शिक्षकहरु सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here