चिल्ड्रेन इन्भारोमेन्टकी नुमा करातेमा तेस्रो

0
413

बिर्तामोड ।

झापाको बिर्तामोड–१ स्थित चिल्ड्रेन इन्भारोमेन्ट विद्यालयकी विद्यार्थी झापा जिल्ला स्तरीय प्रथम मेयर कप अन्तरपालिका कराते प्रतियोगितामा तेस्रो भएकी छन् ।

कक्षा–७ मा अध्ययनरत् छात्रा नुमा लिम्बूले ३५ केजी तौल समूहमा बिर्तामोड नगरपालिकाको प्रतिनिधित्व गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएकी विद्यालयका चिल्ड्रेन इन्भारोमेन्ट विद्यालयका प्रिन्सिपल सन्तोष सुब्बाले जानकारी दिए ।

विद्यालयका मार्सल आर्ट प्रशिक्षक सुरज धिमालले विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गर्ने गरेको विद्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here