युवासंघ र युथ फोर्सले आगलागी पीडितको घर बनाइदिँदै

0
408

बुद्धशान्ति।

आगलागीका कारण घर जले पछि विचल्लीमा परेको एक परिवारको घर युवा संघ र युथ फोर्स बुद्धशान्तिले निर्माण गरिरहेको छ ।

बुद्धशान्ति ५ पानीघट्टाका पेम्बा शेर्पाको घर आफूहरूले बनाइरहेको युवा संघ बुद्धशान्तिका अध्यक्ष पवन खतिवडाले बताएका छन् ।

युवासंघले घर निर्माणका लागि विभिन्न सामग्री जुटाएर घर निर्माण सम्पन्न गर्न लागेको उनको भनाई छ । पेम्बा शेर्पाको घर निर्माण, लत्ताकपडा, खाद्यान्य लगायतका कुरा उपलब्ध गराउन सहयोग गरिरहेको युथ फोर्स बुद्धशान्ति संयाेजक अरूण थेवेले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here