बाल अधिकार प्रर्वद्धन सम्बन्धी सचेतना

0
584

माई,

दानाबारी सामुदायिक अध्ययन केन्द्र माईको आयोजना तथा माई नगरपालिकाको आर्थिक सहयोगमा एक दिवसीय सचेतना कार्यक्रम माई -२ को कन्काई माविमा सम्पन्न भएको छ ।

कन्काई बाल क्लबका अध्यक्ष तेजेन्द्र दर्जीको अध्यक्षता, कन्काई माविका प्रधानध्यापक हरिप्रसाद पौडेलको प्रमुख आतिथ्य,अध्ययन केन्द्रका कोषाध्यक्ष दुर्गा राज शङ्करको सञ्चालन रहेको थियो। सचेतनामा माई नगरलाई बाल मैत्री बनाउने विषयमा र सेवा प्रवाह सम्बन्धी विभिन्न सूचकहरु बाल बचाउ,बाल विकास,बाल संरक्षण र बाल सहभागिता बारेमा अध्ययन केन्द्रका अध्यक्ष विमल कुमार दाहाल, सचिव सिता भट्टराई, अध्ययन केन्द्रका आमन्त्रित सदस्य हरि असीमले जानकारी गराउनु भएको थियो ।

कन्काई मावि, सरस्वती मावि मुसेखोला, लक्ष्मी विद्या भवन मावि कालीखोला र गरुवा आधारभूत आवि शुक्रबारे का ५० भन्दा बढी बाल क्लबका पदाधिकारी र सदस्यहरुलाई सहजीकरण गरिएको थियो। शुभ कामना मन्तब्य दिने क्रममा अतिथिहरुले अध्ययन केन्द्रले बाल अधिकार सम्बन्धी रचनात्मक कार्य गरेकोमा प्रसंसा गर्नुभएकाे थियो । सरस्वती माविका बाल क्लब संरक्षक शिक्षक अनुरञ्जनकुमार यादव र लक्ष्मी विद्या भवनका प्रअ केशर बहादुर देवान, गरुवा आविका प्रअ पृथ्वीराज तिम्सिनाको पनि उपस्थिति रहेको थियो।

त्यस्तै मंगलबार विरेन्द्र माविमा समेत साेही प्रकारकाे तालिम सम्पन्न भएकाे थियो । वाल क्लबका ६० जना सहभागी कार्यक्रममा विरेन्द्र माविका प्रधानाध्यापक भिम वहादुर राई, लक्ष्मी अदर्श माबिका संरक्षक शिक्षक रुद्र मगर र भगवती माविका संरक्षक शिक्षक सन्ताेष राईले मन्तब्य राख्नुभएको थियाे । कार्यक्रमकाे अध्यक्षता माई किनार वाल क्लबका अध्यक्ष पवित्रा वुढाथाेकीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here